टुकी बालेर पढेका कुलमान यसरी बने उज्यालोका नायक ?

  Sampatti News

August 12, 2021

काठमाडौँ । विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा रहेर ४ वर्षे कार्यकाल पुरा गर्दा निकै चर्चामा आएका कुलमान घिसिङ आजबाट पुनः सोही पदमा नियुक्त भएका छन् ।

उनको विगतको चार वर्षे कार्यकालले उनलाई सफल र कुलस व्यक्तिका रुपमा चिनाएको छ । भनिन्छ नि हरेक सफल व्यक्तिमा लक्ष्य प्रति दृढ लगाव हुन्छ र कडा परिश्रम पनि । त्यस्तै घिसिङले पनि देशभर उज्यालो छर्ने अठोट गरेका थिए ।

साथै उनमा त्यो विस्वास पनि थियो जो हरेक सफल व्यत्तिमा थियो र सफल हुन चाहने व्यत्तिका लागि आवस्यक छ, त्यो हो परिश्रममा प्रति विस्वास । जुन उनीमा पनि थियो । उनी प्राधिकरणको सातौँ तहमा रहेको बखतमा उनले सचिवमा पनि नाम निकालेका थिए, तर पनि उनीलाई देश उज्यालो बनाउने मोहले प्राधिकरणमै तान्यो ।

अघिल्लो पटक २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण गरेका घिसिङले ४ वर्षको कार्यकालसम्म निकै लोकप्रियता कमाए । उनले दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनताको मन मनमा बस्न सफल भएका हुन् ।

को हुन् घिसिङ?(भित्रि कथा)

घिसिङ रामेछापको सामान्य परिवारमा जन्मेर हुर्केका हुन् । उनले टुकि बालेरै गाउँमा नै प्राथमिक शिक्षा हासिल गरे । पाँच कक्षा पास गरेपछि उनी दाईहरुसँग काठमाडौँमा आएको उनी बताउँन् ।

उनिनलाई दाईहरुले पहिला काठमाडौको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा भर्ना गरे । पछि उनी सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थलीमा गए त्यहाँबाट सबैले राम्रो पढाई भएको मान्छेलाई बोर्डिङमा नै भर्ना गर्न सुझाव दिए । सोही अनुसार उनी अमरआस बोर्डिङ स्कुलमा गए उनी त्यहाँ पनि प्रथम श्रेणीमा नै पास भए ।

सधै बोर्डिङबाट सरकारी विद्यालयमा आएका विद्यार्थिले रेकर्ड ब्रेक गर्छन् अर्थात प्रथम हुन्छन् भन्ने मानसीकतालाई उनले तोडिदिए ।

हरेक क्षमतावान र सफल मान्छेको दृढ लक्ष्य हुन्छ त्यस्तै उनको पनि थियो । उनले आफुले विजुली काठमाडौमा आएपछि मात्रै देखेका थिए । त्यत्तिबेला नै उनले आफुले गाउँमा टुकी बालेर बढ्दा भित्त कालीने साथै प्रयाप्त उज्यालो समेत नहुने बताउँदै सोही बखत आफु ठुलो भएर देशैभर वत्ति पुर्याउने लक्ष्य लिएको बताउँछन् ।

यस्तै, यता उनले एसलएसी पछि अस्कल क्याम्पसबाट आईएस्सी गरे । त्यसपनि सन् १९९४ मा उनी जम्सेदपुरबाट छात्रवृत्तिमा बीएस्सी इलेकितकल इन्जिनियर गर्न भारत प्रस्थान गरेका थिए ।
उनले भारतमा आफ्नो कार्ष स्टडी सकेर पुन ०५१ तिर नेपाल आए । २०५१ सालमा नै उनी सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका हुन् ।

उनले प्राधिकरणको जागिरसँगसँगै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङ मास्टर्स गरे ।

प्राधिकरणमा काम गर्दा गर्दै उनले चिलिमेको जिम्मेवारी पनि सम्हाल्न भ्याए । जति बेला उनी दशौँ तहमा पनि पुगिसकेका थिए । उनले चिलिमेको परियोजनालाई पनि सफल पारे । साथै सेयर जारी गरेर त्यहाँका स्थानीय बासीहरुलाई पनि लखपनि बनाए । यसरी उनी ०७३ मा आउँदा पहिलो पटक प्राधिकरणको प्रवन्ध निर्देशक भए ।

कुलमानको अघिल्लो कार्यकालमा भएका उपलब्धिहरुः
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौं २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङलाई नियुक्त गरेको थियो।

प्राधिकरणको नेतृत्व सम्हालेको वर्ष तिहारमा कुशल व्यवस्थापन कै कारणले लक्ष्मीपूजाको दिन काठमाडौंमा लोडसेडिङ हुन दिएनन् । जबकी घिसिङले प्राधिकरणको नेतृत्व सम्हाल्नु अघिसम्म मुलुकमा दैनिक १४ घण्टाभन्दा धेरै लोडसेडिङ हुन्थ्यो। अझै रोचक त प्राधिकरणले तिहारको अवसरमा झिलिमिली उत्सव बत्ती नबाल्नु भनेर उपभोक्तालाई सार्वजनिक सूचना नै प्रकाशन गरेर उर्दी जारी गर्थ्यो। प्राधिकरणले माग अनुसारको विद्युत आपूर्ति गर्न नसकेको लाचारी व्यक्त गर्दै सार्वजनिक सूचना नै जारी गरेर तिहारको उत्सव बत्ती नबाल्न उपभोक्तालाई अनुरोध गर्थ्यो।

प्राधिकरणले अनुरोध मात्रै होइन्। विद्युत विच्छेद गर्ने चेतावनीसहितको उर्दी समेत आउने गर्थ्यो, कुलमान प्राधिकरणमा आउनु अगाडि। कुलमान घिसिङले काठमाडौं, पोखरा, भरतपुर एकपछि अर्को गर्दै लोडसेडिङ मुक्त गराउँदै गए। २०७५ सालको वैशाखदेखि त उद्योग कलकारखानामा समेत पर्याप्त बिजुली उपलब्ध गराएर लोडसेडिङको अन्त्य भएको घोषणा नै गरे। अध्याँरो युगबाट उज्यालो युगतर्फ अगाडि डोर्याणउने कुशल नेतृत्वकर्ता समेत उनी भएका छन्। कुलमानको चमत्कारिक व्यवस्थापनकै कारणले नेपाली जनताले अहिले अँध्यारो युगबाट मुक्त समेत पाइसकेका छन्।

प्राधिकरणको नेतृत्व सम्हालेसँगै घिसिङले वित्तीय ग्राफ मात्रै होइन् अन्य धेरै सूचकमा पनि पर्याप्त सुधार गरेका छन्। आर्थिक वर्ष २०७२।७३ सम्म विद्युत चुहावट २५.७८ प्रतिशत थियो। तर, अहिले प्राधिकरणले झण्डै १० प्रतिशत चुहावट नियन्त्रण गरेर अहिले चुहावट १५.२७ प्रतिशतमा सीमित गर्न सफल भएको छ। चुहावट नियन्त्रण गरेसँगै प्राधिकरणको वित्तीय सुधारमा देखिन थालेको हो।

साथै उनले संस्थालाई नाफामा समेत लगेका छन् । घिसिङले प्राधिकरणको नेतृत्व सम्हाल्नु अघिसम्म अर्थात आर्थिक वर्ष ०७२।७३ सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रुपैयाँ थियो।

घिसिङकै कार्यकालमा ३४ अर्ब ६० करोडको संञ्चित घाटालाई शूल्यमा झारेर गत आर्थिक वर्षदेखि चार अर्ब ८६ करोड रुपैयाँ सञ्चित नाफा कमाउने संस्थाको रुपमा स्थापित गरेका छन्।

आव ०७२।७३ सम्म प्राधिकरण वार्षिक आठ अर्ब ८९ करोड रूपैयाँ नोक्सानमा थियो । चार वर्षको अवधिमा घाटामा रहेको प्राधिकरण गत आवको अन्त्यसम्म वार्षिक ११ अर्ब पाँच करोड रूपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्राधिकरणको नेतृत्व सम्हालेसँगै घिसिङले वित्तीय ग्राफ मात्रै होइन् अन्य धेरै सूचकमा पनि पर्याप्त सुधार गरेका छन्। आर्थिक वर्ष २०७२।७३ सम्म विद्युत चुहावट २५.७८ प्रतिशत थियो। तर, उनको कार्यकालको अन्यमा आउँदा प्राधिकरणले झण्डै १० प्रतिशत चुहावट नियन्त्रण गरेर अहिले चुहावट १५.२७ प्रतिशतमा सीमित गर्न सफल भएको छ। चुहावट नियन्त्रण गरेसँगै प्राधिकरणको वित्तीय सुधारमा देखिन थालेको हो।

प्राधिकरणले चार वर्ष अघिको तुलनामा बिजुली खपत पनि पर्याप्त मात्रामा बढाउन सफल भएको छ। चार वर्ष अगाडि प्रति व्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यस यता विद्युत् खपत निरन्तर बढेर हाल प्रतिव्यक्ति विद्युतखपत २६० युनिट पुगेको छ।

घिसिङले नेतृत्व सम्हालेसँगै प्राधिकरणले झण्डै एक चौथाई घरधुरीमा विद्युतको पहुँच पुर्याउन सफल भए । आर्थिक वर्ष ०७२।७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत्को पहुँच पुगेको थियो। प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७६।७७ को अन्त्यसम्म देशभरमा ८६.४४ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।

प्राधिकरणका अनुसार आव ०७२।७३ मा ६२.१६ प्रतिशत, आव ०७३।७४ मा ६७.१४ प्रतिशत, ०७।७५ मा ७३.४० प्रतिशत, ०७५।७६ मा ७७.८२ प्रतिशत र ०७६।७७ मा ८६.४४ प्रतिशत घरधुरीमा बिजुली पुर्याउन सफल भए । साथै प्राधिकरणले आगामी साढे दुई वर्षभित्र हरेक नेपाली जनताको घरमा बिजुलीको पहुँच पुयाउने महत्वाकांक्षी योजना अघि सारेको छ।

गत आर्थिक वर्षमा स्वदेशमै उत्पादन हुने बिजुली बढेसँगै छिमेकी भारतबाट आयात गर्ने बिजुलीको माग क्रमशः घटेको छ । गत आवमा खपत भएको ७७४१ गिगावाट आवर बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरिएको थियो ।

देश १४ घन्टासम्मको लोडसेडिङमा रहँदा घरेलु खपतको करिब ३५ प्रतिशत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत करिब ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत ३७ हाराहारीमा भएको प्राधिकरणले जनायो । प्राधिकरणले गत आवमा आयात २२ प्रतिशतमा सीमित भएको जनाएको छ ।

प्राधिकरणले आव ०७२–७३ मा ३१ लाख ५० हजार युनिट बिजुली निर्यात गरेको थियो । प्राधिकरणले आव ०७३।७४ मा २६ लाख ९० हजार, ०७४।७५ मा २९ लाख ४० हजार युनिट बिजुली निर्यात गरेको थियो ।

विस्तारै स्वदेशमा विद्युत् उत्पादन हुने क्रम बढेसँगै प्राधिकरणले क्रमशः विद्युत् निर्यात बढाउन सुरु गर्यो । फलस्वरुप आव ०७५।७६ मा तीन करोड ४७ लाख युनिट र आव ०७६।७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको थियो। त्यतिबेला घिसिङ अबको केही वर्षमा नेपाललाई विद्युतमा आत्मानिर्भर बनाउने घोषणा समेत गरेको थिए ।

तर गत वर्ष उनको कार्यकाल सकिएसँगै केपी शर्मा ओलीको सरकारले नलाई पुनः नियुक्ति गर्न चाहेन । तर अहिले सरकार परिर्वतनसँगै यता सोही मान्छेले सोही ठाउँ पनि पाउने र उता नयाँ सरकारले लोकप्रियता पनि पाउने अर्थात “दुवै हातमा लड्डु” हुने गरि उनलाई पुनः प्राधिकरणमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति:August 12, 2021