पत्रकारिताको अस्तित्व र उचित मूल्यांकन हुन नसक्दा स्थापित मिडिया र पेसागत पत्रकारहरु मारमा

  Sampatti News

August 13, 2021

काठमाडौँ । अनलाईन सञ्चार गृहका सञ्चालक तथा पत्रकारहरुले पत्रकारीताको अस्तित्व र उचित मूल्यांकन हुन नसक्दा स्थापित मिडिया र पेसागत पत्रकारहरु मारमा परेको बताएका छन् । शुक्रबार सञ्चार केन्द्र नेपालमा आयोजित पत्रकारिता क्षेत्रको सुदृढीकरण र नयाँ मिडियामा देखिएको चुनौती समाधान विषयक छलफल कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चालक तथा पत्रकारहरुले यस्तो गुनासो व्यक्त गरेका हुन् ।

कार्यक्रममा वर्तमान समयमा पत्रकारिताको क्षेत्राधिकारभन्दा माथी रहेर व्यक्ति विशेष र राजनीतिक व्यक्तिको प्रभावमा पत्रकारिता चलिरहेको कारण पेसाकर्मीहरुले थुप्रै चुनौतीहरु खेप्नुपरेको गुनासो पत्रकारहरुले गरेका छन् ।

पत्रकारिताका क्षेत्रको सुढृढिकरण गर्न सरकारको सञ्चार नीतिमै सुधार ल्याउनु पर्नेमा सबैको जोड रहेको थियो । पत्रकार तथा सञ्चालकहरुले अनलाईन मिडिया र समग्र सञ्चार जगतमा देखिएको चुनौतिको समाधान गर्न स्पष्ट नीतिका साथ सञ्चारकर्मीहरुको उचित मूल्यांकन र क्षमताको कदर गर्न राज्यको नीति निर्माण तहमा पत्रकारिता क्षेत्रबाट निश्चित मापदण्ड तोकेर सहभागि गराउन समेत माग गरेका छन् । सञ्चारगृह स्थापनाका लागि बनेका जतिपनि ऐनहरु संसोधन गरी स्वच्छ र मर्यादित बनाउनु पर्नेमा जोड दिएका छन् ।

साथै कार्यक्रममा वक्ताहरुले पत्रकारिता आफैमा निष्ठावान, मर्यादित, सभ्य र अनुशासित पेसा भएकाले पत्रकारिताको सिद्धान्त, मूल्य मान्यता र नीति नियममा रही लोकतन्त्र र पारदर्शी समाजको प्रमुख विस्वासिलो माध्यममा कुनै किसिमको आँच नआउने गरि काम गर्नुपर्ने बताए ।

वक्ताहरुले सञ्चार ऐन तथा पत्रकार आचारसंहिता पालना गरी सञ्चालनमा रहेका अनलाईन मिडियालाई सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गर्नुपर्ने माग पनि राखेका छन् ।

अनलाईन सञ्चार माध्यमलाई राज्यले अझै विभेदपूर्ण तरिकाले हेरेको भन्दै राज्यको नीति नियम र सञ्चारनीति अनुसार सञ्चालनमा रहेका मिडियालाई समान व्यवहार गर्नुपर्ने र आवश्यकतानुसार अनलाईन मिडियाको वर्गिकरण गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने माग राखेका हुन्।

साना लगानीका मिडियाको हकहीतमा आवाज उठाउँदै आएका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईले साना लगानी तथा स्वरोजगारमूखी मिडियालाई राज्यको तर्फबाट समान व्यवहारको नीति ल्याउनुपर्ने बताए । साथै महासंघले पनि यो कुराको गम्भीर रुपमा आवाज उठाउँदै आईरहेको जानकारी गराए । सचिव चौलागाईले स्थानीय तहमा अझै सूचनामैत्री कानुन नबनेकाले त्यसतर्फ महासंघले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
छलफल कार्यक्रमको संयोजन गरेका प्रारम्भ खबरका सम्पादक भीम लामाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई मार्यदित बनाउन सञ्चार ऐनमा उल्लेखित आचारसंहिता अध्ययन गरेर मात्र पत्रकारिता क्षेत्रमा लाग्न आग्रह गरे । नयाँ मिडिया अनलाईनमा मिडियामा मात्र नभई ठूला लगानीका मिडियाहरुमा पनि विकृति बढ्दै गएकालेले त्यस तर्फ पत्रकार महासंघ र सम्बन्धित निकायले त्यसतर्फ ध्यान पु¥याउनुपर्ने उनको भनाई छ ।

सञ्चारकर्मी लामाले पत्रकारिता क्षेत्रमै स्नातक तह हासिल गरेका र दुई वर्ष पत्रकारितामा अनुभव भएकालाई मात्र सम्पादक नियुक्ति गरी नयाँ मिडिया दर्ता गर्नुपर्ने नीति ल्याउनुपर्ने समेत बताएका छन् ।

छलफलको अन्त्यमा पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित सुदिढृकरण गर्नका लागि लामाकै नेतृत्वमा केन्द्रिय सचिव गोविन्द चौलागाईलाई साँत बुदे सुझाव सहित ज्ञापनपत्र बुझाईएको छ ।

ज्ञापनपत्रमा महासंघले गर्नुपर्ने निम्न कार्यहरु उल्लेख गरिएको छ ।
–पत्रकारहरुको क्षमता अभिवृद्धि तथा आत्माविस्वास बढाउने कार्य
–सञ्चारगृहबाट शोषणमा परेका श्रमजीवि पत्रकारहरुको उचित न्यायको तत्काल पहल गर्नुपर्ने
–पत्रकारितिा क्षेत्रलाई सुदृढिकरण गर्न आवश्यक अध्ययन र नीति निर्माण गरी सरकारलाई बुझाउने
–हरेक स्थानीय तहमा पत्रकारिता विषय अध्ययन गरेका कम्तीमा स्नतक गरेका व्यक्तिलाई सूचना अधिकारीको रुपमा करारमा राख्ने व्यावस्था गर्न माग गर्नुपर्ने
–सञ्चार माध्यम दर्ता।सञ्चालन गर्दा अनिवार्य पत्रकारिता विष्य अध्ययन तथा कम्तिमा २ वर्ष पत्रकारिताको अनुभव भएका व्यत्ति सम्पादक नियुक्ति गर्न माग
–प्रेस मनिटरिङ, क्षमता मूल्यांकन, तालिम
–नीति निर्माण तहमा पत्रकारको भूमिका

सुझाव तथा ज्ञापन पत्र बुझ्दै सचिव चौलागाईले वर्तमान परिस्थितिमा समेत महासंघले श्रमजीवि पत्रकारहरुको हकहित र सञ्चार क्षेत्रको सुधारको पक्षमा गृहकार्य गरिरहेको बताए । सहभागी विभिन्न सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको संयुक्त सुझावलाई ग्रहण गर्दै चौलागाईँले महासंघले कार्यन्वयनका लागि समन्वय गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति:August 13, 2021