August 24, 2021
रिता न्यौपाने
प्रत्येक व्यक्ति आफ्नो जीवनमा सफल, शान्त, आनन्दित, खुशी बन्न चाहन्छ । उ सबैले आफुलाई चिनून्, आफ्नो किर्ति फैलियोस् भन्ने अपेक्षा गर्दछ । खुशी हुनु मानिसको नैसर्गिक अधिकार पनि हो । यस धर्तीका सम्पूर्ण कीटपतंग, पशुपन्छी वनस्पति आदि सबै खुशी छन्, प्रवाहमा छन् । तर मानव मात्र यस्तो प्राणी हो जो इश्वरको सृष्टिमा दुः खी, पीडित, चिन्ता र तनावले भरिएको छ । यस सृष्टिप्रति गुनासो गर्छ किनकि उसँग मन छ । त्यहि मनको कारण सुख,दुःख, शान्ति,अशान्ति, पीडा–तनाव आदिको महसुस गर्छ । के भएमा मानिस सबैप्रति अनुग्रह वा धन्यवाद भावले भरिन सक्छ र परमात्माको सृष्टिप्रति समभावले भरिँदै सुख, शान्ति, आनन्द प्राप्त गर्न सक्छ त्यसकै खोजि ध्यान हो ।
कुनैपनि क्रिया गर्दा शरीरको साथमा यदि सजगता वा होशलाई जोडिन्छ भने त्यो कार्य उत्कृष्ट बन्न जान्छ । सजगता, होश वा बोध नै ध्यानका नामहरु हुन् । हाम्रो सजगता मनमा चल्ने अनेकौ विचारहरुको जन्जालमा फसेको छ । मन इन्द्रियहरुले बाहिरबाट पठाएका सूचनाहरुको आधारमा कार्य गर्दछ । बाहिरका घटनाहरुप्रति हाम्रो मनमा जस्तो धारणाहरु हामीले बनाएका छौँ त्यहि अनुरुप हामी सुख,दुःख, पीडा–तनाव आदिको अनुभव गर्दछौँ ।
वास्तवमा भन्नुपर्दा यो संसारमा कुनैपनि वस्तु राम्रो या नराम्रो हुँदैन । त्यो वस्तुप्रति हामीले बनाएका धारणाहरुले त्यसलाई आकार दिन्छन्, त्यहि अनुरुप वस्तुहरु बन्छन् । यो संसार हाम्रो विचारहरुको महाशक्तिको आधारमा चल्छ ।
त्यहि मनमा चल्ने विचारहरुको उहापोहमा जव हामी क्रिया गर्दछौँ तव हामी भित्र बेहोसीको अवस्था रहन्छ । कार्यहरु सहि रुपमा सम्पादन गर्न सक्दैनन् । हामी असफल बन्छौं ।
आँखाले देख्ने दृष्य, कानले सुन्ने शब्द, जिब्रोले लिने रस, त्वचाले लिने स्पर्श र नाकले सुग्ने गन्धमा यदि हामी कुनै किसिमको धारणा नबनाई जस्ताको तस्तै अनुभव गर्ने कोशिस गर्दछौं भने हाम्रो मनमा चल्ने विचारहरु कम हुन थाल्छ । त्यसैगरि आफ्नो स्वास प्रति सजग भएर लामो र गहिरो स्वास निरन्तर लिंदा पनि हाम्रो मनमा चल्ने विचारहरु कम हुन जान्छन् । जति मनमा विचारहरु कम हुँदै जान्छन् त्यतिनै हामीमा सजगता अथवा होश बढ्दै जान्छ ।
जति शान्त मन हुन्छ त्यतिनै हाम्रो क्षमता वृद्धि हुन्छ किनकि मनमा कुरा चल्दा पनि हामी भित्रको उर्जा खपत हुन्छ । सजगता वा ध्यानको वृद्धिले हामीमा चिन्तन, मनन, निधिध्यासनलाई जन्म दिन्छ । फलस्वरूप हामी भित्र अनेकौ प्रश्न जन्मिन थाल्छन् । स्वास कसरी चल्छ ? नशनाडीमा रगत र उर्जाको प्रवाह कसरी हुन्छ ? यी ५ ज्ञानेन्द्रियहरुलाई कार्य गर्न क्षमता कसले दिन्छ ? शिरमा जति थाहा पाउने क्षमता छ खुट्टामा पनि त्यति नै छ त्यो कसले भर्छ ? नङ र कपाल काट्दा किन दुख्दैन हाम्रो शरीरले कसरी कार्य सुचारु राख्छ ? जतिखेर शरीरको जुन अंगमा उर्जा पुर्याउनु पर्ने हो त्यहाँ पुगेको हुन्छ यो कसरी ? आदि इत्यादी । निरन्तर होशले भरिँदै जाँदा यस सृष्टी प्रति धन्यवाद भावले भरिन थालिन्छ, आफ्नो शरीर हुँदै यो पुरा अस्तित्व प्रति प्रेम जन्मिन्छ । यस ब्रह्माण्डमा इश्वरको रचना एकएक वस्तु अद्वितीय छ त्यसप्रति स्विकार जन्मिन्छ । श्रद्धा पलाउँछ जीवनमा । जति बराबर श्रद्धा, प्रेम, अनुग्रह त्यति बराबर हामी शान्त, आनन्द, खुशी बन्दै जान्छौं ।
जीवन विज्ञान प्रवेश संगै पहिलो ज्ञान सदगुरुदेवद्वयबाट आउने अनुग्रह भाव र सजगता हो ।
नैपनि ध्यानयोग प्रयोगशालामा नगई सिधै जीवन विज्ञानमा प्रवेश गरेको थिए म । सुरुमा त बुझेकै थिएन । तर पछि बुझ्दै जाँदा जीवनको परम सुख, आनन्द, शान्ति त यहि अनुग्रह भाव र सजगतामा रहेछ । ती जीवन्त अमृतरुपी ब्रह्मवाक्यहरुको निरन्तर श्रावण मनन पश्चात जीवन सहज रुपमा रुपान्तरण हुन्छ । करुणाले भरिएका आँखा, परम होशबाट आएका ति मधुर अमृतरुपी प्रेम रसका ति भावहरुको सत्सङ्गले जीवनमा जीवन्तता आउन थाल्छ । सद्गुरुदेवका प्रत्येक क्रिया हिँडाई, बोलाई, हेराई यहाँ सम्म कि उहाँहरुले प्रयोग गर्ने कपडाहरुमा पनि रहस्य हुन्छ भन्ने कुराको बोध सत्सङ्ग पश्चात आफ्नो जीवनमा निरन्तर हुन्छ ।
त्यसैले जीवनलाई उन्नत र परिस्कृत बनाउन निरन्तर होशले भरिनु आवश्यक छ । प्रत्येक दिनको खुशी निरन्तर बढ्दै जानुपर्दछ जुन ध्यानले मात्र दिन सक्तछ । सबैको जीवनमा सदगुरुदेवको पदार्पण होस् । ध्यान गर्ने सुअवसर सबैले प्राप्त गरुन् ।

प्रकाशित मिति:August 24, 2021