बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित

  Sampatti News

February 7, 2022

बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित

काठमाडौँ-विगत लामो समय देखी बैदेशिक रोजगारीमा जाने नेपाली बिभिन्न बहानामा म्यानपावरबाट ठगिदै आएका छन् ।

बिगत १० बर्षको अन्तरालमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा धेरै मन्त्री तथा सचिब आए गए तर यो ठगी महसुस हुने गरी कसैले नियन्त्रण गर्न सकेन ।

नेकपा एमालेको तर्फबाट गोकर्ण बिष्ट श्रम मन्त्री भएको समयमा ठगी नियन्त्रणका केही प्रभाबकारी कदमहरु चालिए पनि त्यो सफल हुन सकेन । २—३ बर्षका लागी नेपालका धेरै श्रमिक जाने देस मलेसिया बन्द नै गरियो ।

मलेसियाको भिषा जारी गर्ने लगायत बायोमेट्रिक मेडिकल, भिएलएन, माईग्राम्स र ओएससीका सिन्डीकेटका कारण मलेसिया रोजगारमा जाने कामदारलाई बढी भार परेको भन्दै उनिहरुलाई कानुनको दायरामा ल्यायो ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेर मुद्धा समेत चलाइयो ।

यि यस्ता यावत सुधारका प्रयासहरु देखावटी बन्न मात्र पुगे । बास्तविक पिडितको घाउमा मलम लगाउने कोही भएन ।

यि यावत काम गर्दा समेत बैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम भने अहिले सम्म समाधान भएको छैन् ।

अहिले गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादीको तर्फबाट श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री कृष्ण कुमार श्रेष्ठ तथा उक्त मन्त्रालयका सचिब एक नारायण अर्यालले म्यानपावर कम्पनीलाई अनुगमनको दायरा भित्र ल्याएर ठगी नियन्त्रण गर्न लागी परेका छन् ।

मन्त्रालयले नेपालमा रहेका सम्पुर्ण म्यानपावरको अनुगमन गर्दै उनिहरुले बैदेशिक रोजगारमा पठाएको कामदारको संख्या, उनिहरुको अबस्था, बिदेशमा उनिहरुको स्थिती लगायत सम्पुर्ण जानकारी रहने गरीको संयन्त्र निर्माण गरेर लागु गर्ने कार्यमा जुटेका छन् ।

सचिव एक नारायण अर्यालको नेतृत्वमा भैरहेको यस संयन्त्र कार्यान्वयनले कामदार ठग्दै रोजगारीमा पठाउने गरेका म्यानपावरको सात्तो गएको छ ।

म्यानपावर कम्पनी बिरोधमा

मन्त्रालयले लागु गर्न लागेको यस संयन्त्रको बिरोधमा म्यानपावर कम्पनी बिभिन्न ढंगले अगाडी बढेका छन् ।

ठगी खाने काममा मन्त्रालयले ताल्चा लगाउने भएसँगै म्यानपावर कम्पनीहरु बिभिन्न बहानामा मन्त्रालय बिरुद्ध अफवाह फैलाउन लागिपरेको देखिएको छ ।

सञ्चारमाध्यमकै प्रयोग गरेर म्यानपावर कम्पनीले बैदेशिक रोजगारमा सिन्डीकेट कायम गर्न लागीएको भन्दै गलत प्रचारमा उत्रिएका हुन् ।

पछिल्लो समय श्रम स्विकृती लगायतमा मन्त्रालयले स्वचालित अनाईन प्रणाली कार्यान्वयनमा ल्याएसँगै श्रम स्विकृतीका लागी कामदार ठगिने श्रम पुर्ण रुपमा रोकिएको छ ।

कोभिडको समयमा बैदेशिक रोजगार दाताले कामदारको माग कम गर्दा म्यानपावर कम्पनीहरुले भिजिट भिसामा नेपालीलाई बिदेश पठाएर अलपत्र पार्ने काम गर्दै आएका थिए । त्यसलाई समेत मन्त्रालयले नियन्त्रण गरेको छ ।

केहि दिन अगाडी भिजिट भिषामा श्रमिक पठाएर अलपत्र पारेको भन्दै समाचार सम्प्रेषण गर्न जादा युटुवरमाथी म्यानपावर सञ्चालकले निर्घात कुटपिट गरेको घटनाले नेपालमा म्यानपावर ब्यवसायीको गुन्डागर्दी छर्लङ्ग पारेको छ ।

बैदेशिक रोजगारमा जाने नेपाली ठगीने क्रम क्रमिक रुपमा नियन्त्रणमा लिदै गएको मन्त्रालयले म्यानपावर कम्पनीलाई अनुगमन गर्दै बर्गीकरण गर्ने कार्यमा अगाडी बढेको देखिन्छ ।

मन्त्रालयले अहिले स्वदेशी तथा विदेशी रोजगारीको क्षेत्रमा सुधारगरी सुरक्षित, भरपर्दो, पारदर्शी,निष्पक्ष, मर्यादित तथा न्यायिक ब्यबसायको रुपमा स्थापित गर्न यस क्षेत्रको गोडमेलमा लागेको तथ्य जो कोहिले पनि देख्न सक्छ ।

पछिल्लो दशक नेपालको म्यानपावर ब्यवसाय ठगीको अखडाको रुपमा स्थापित हुदै गएको छ ।

यस अबस्थामा मन्त्रालयको यो कदम स्वागत योग्य रहेको मयार्दीत रुपमा म्यानपावर चलाउने सञ्चालकहरुलेनै स्विकार गर्दै आएका छन् ।

तर म्यानपावर ब्यवसायको नाममा ठगीको धन्दा चलाउनेहरु मन्त्रालयको यस कार्यबाट रुष्ट भएका छन् ।

अहिले मन्त्रालयले म्यानपारलाई नियमनको दायरामा ल्याउदै बैदेशिक रोजगार ऐन २०६४ को दफा ५ तथा बैदेशिक रोजगार नियमावली २०६४ को नियम ३ को अनुसुची एक बमेजिम म्यानपावरको कार्यमुल्याङ्कनमा जुटेको हो ।

यस अन्तर्गत मन्त्रालयले म्यानपावरले बैदेशिक रोजगारमा पठाएका श्रमिक, तिनिहरुबाट म्यानपावरले लिएको शुल्क, उनिहरुले बिदेशमा गएर सम्झैता अनुसार काम तथा पारिश्रमिक पाए नपाएको तथा उनिहरुको वर्तमान अबस्थाबारे अध्ययन गरेर स्वचालित संयन्त्र बिकाश गर्न लागेको हो ।

यसरी मन्त्रालयले अध्ययन अगाडी बढाउदा यिनिहरुलेगर्दै आएको ठगी धन्दा सार्वजनिक हुने तर्फ म्यानपावर ब्यवसायीमा त्रास देखिएको यस क्षेत्रका जानकारहरुले बताएका छन् ।

त्यस्तै गर्दै आएको यो धन्दा आगामी दिनमा फस्टाउन नसक्ने निष्कर्षले ब्यवसायीलाई पिरोलेको देखिन्छ ।

बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित

प्रकाशित मिति:February 7, 2022