बहुप्रतिभाका धनी सचिव डा रेग्मी

  Sampatti News

February 9, 2022

काठमाडौँ-बिश्वभरीनै राज्य सञ्चालनको काम प्रशासकले गर्ने गर्दछन् । नेपालको सन्दर्भमा पनि राज्य सञ्चालनमा प्रशासकको भुमिका निकै महत्वपुर्ण छ ।

अन्य देसमा भन्दा राजनीतिक रुपमा अस्थिर सरकार भएको देशमा राज्य चलाउनेमा प्रशासकको जिम्मेवारी ठुलो हुने गर्दछ ।

छोटो समयमा सरकार परिवर्तन हुदा राज्य सञ्चालन नीतिमा विचलन आउने गर्दछ जस्को ब्यबस्थापन एक कुसल र अब्बल प्रशासक बिना सम्भब हुदैन ।

नेपालको सन्दर्भमा प्रशासन क्षेत्रमा धेरै प्रशासकहरु कार्यरत छन् । सबै प्रशासकहरु आ-आफ्नो कार्यमा कुशलनै छन् । तर नेपालको प्रशासन क्षेत्रमा जागिर मात्र खान प्रशासक भएकाको लामबद्ध संख्या कम भने छैन् ।

नेपालको प्रशासन क्षेत्रमा भएका प्रशासक मध्य अब्बल र क्षमतावान प्रशासक भने निकै कम छन् । ति दुलर्भ क्षमताका प्रशासक मध्यका एक प्रशासक हुन् सचिव डा दामोदर रेग्मी ।

उनले नेपालको प्रशासनको क्षेत्रमा निकै ठुलो योगदान दिएका छन् । उनको कार्यको तुलना निजामती प्रशासनको क्षेत्रमा एक दम कम प्रशासक बाहेक अन्यसँग गर्न सुहाउदैन ।

२०५५ सालमा शाखा अधिकृतको पदबाट नेपालको निजामती प्रशासनको क्षेत्रमा प्रशासको रुपमा प्रवेश गरेका सचिव डा रेग्मीको यस्तो छ अनुभव, शिक्षा र क्षमता–

शिक्षा

सेन मा वि तानसेन वाट एस एल सी

त्रिभुवन बहुमुखी क्याम्पस तानसेन वाट आइ एस सी

रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौ  वाट अर्थशास्त्र र गणितमा स्नातक

त्रि वि वि वाट जनप्रशासनमा स्नातकोत्तर

छिन्ह्वा विश्व विद्यालय बेजिंग चीन वाट अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नातकोत्तर

अन्नामलाइ विश्व विद्यालय भारतवाट मूल्य शिक्षा र आध्यात्मिकतामा स्नातकोत्तर

कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता विषयमा पी एच डी

निजामती सेवामा प्रवेश

२०५५ शाखा अधिकृत खुला प्रतियोगिता

२०६१ उप सचिव आन्तरिक प्रतियोगिता

२०६८ सहसचिव आन्तरिक प्रतियोगितामा प्रथम स्थान हासिल

कार्यरत निकाय

शाखा अधिकृत  वाणिज्य विभाग

शाखा अधिकृत वाणिज्य मन्त्रालय

शाखा अधिकृत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

उप सचिव सामान्य प्रशासन मन्त्रालय

उप सचिव निजामती कितावखाना

उप सचिव संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालय

उप सचिव राष्ट्रिय योजना आयोग

सह सचिव गृह मन्त्रालय

निमित्त क्षेत्रीय प्रशासक क्षेत्रीय प्रशासन कार्यालय पोखरा

रजिस्टार कम्पनी रजिस्टारको कार्यालय

सह सचिव अर्थ मन्त्रालय

सह सचिव राजस्व अनुसन्धान विभाग

सह सचिव भन्सार विभाग

महानिर्देशक सम्पत्ती शुध्दीकरण अनुसन्धान विभाग

सह महालेखा नियन्त्रक महालेखा नियन्त्रक कार्यालय

प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

सचिव आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगर

सह सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रमुख सचिव गण्डकी प्रदेश

सचिव युवा तथा खेलकुद मन्त्रालय

गरेका प्रमुख कामहरु

नेपाल विश्व व्यापार संगठनको सदस्य बन्ने क्रममा आवश्यक कागजात र सम्झौतापत्रहरु तयार गरेको सम्झौतावार्तामा सहभागी

निजामती कर्मचारीहरुको विद्युतीय अभिलेख प्रणालीको विकास

कम्पनी रजिस्टारको कार्यालयमाविद्युतीय अभिलेख प्रणालीको विकास र सुधारका चारखम्वे रणनीतिको कार्यान्वयन

भन्सार विभागमा रहदा चीन तर्फका नाकाहरुको स्तरोन्नति रथप नाका खोल्ने वारेमा ल्हासा भन्सार संग सहमति

सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागमा रहदा लामो समय अनिर्णित छानवीनहरुलाइ अन्तिम रुप दिइ मुद्दा दायर

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहदा तालिमको स्तर र प्रभावकारितामा वृध्दितथा तालिम केन्द्रले ISO प्रमाणपत्र प्राप्त गर्न पहल गरि ISO प्रमाणपत्र प्राप्त गरेको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारीको नमिलेको समायोजन मिलाइदिएको । सरुवा र समायोजनमा अनलाईन प्रविधिको प्रयोग वाट सेवाग्राही काठमाण्डौ आउनु पर्ने हैरानी समाप्त भएको

गण्डकी प्रदेश:

गण्डकी प्रदेश सरकारको वित्तीय सुशासन कार्यविधि तर्जुमा,

लैंगिक समता तथा सामाजिक समावेशीकरण मूल्यांकन सूचक तयारी, नमूना कार्यालय छनौट कार्यविधितर्जुमा,

डिजिटल गण्डकी प्रदेश, कर्मचारी सूचना प्रणााली (PIS), गण्डकी प्रदेश साक्षरता घोषणा, गण्डकी प्रदेश शिक्षा नीति तर्जुमा

,सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश अवधारणा तयारी

, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरुको Diplomatic Excursion Tour, प्रदेश नं २ का माननीय मुख्यमन्त्रीज्यू र उद्योगी व्यवसायीहरुको भ्रमण आयोजना,

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, बिपन्न बस्तीमा मुख्य मन्त्री , कोरोनाले अभिभावक गुमाएका बालबालिकाहरुको लागिछात्रवृत्ति , सरकारकोनीति रवार्षिक बजेट कार्यान्वयनका लागि आधार सामग्रीहरुको तयारी,

प्रदेशको पर्यटन र आर्थिक विकासका लागि सहायता परिचालन लगायत विकास र सुशासनका क्षेत्रमा योगदान

युवा तथा खेलकुद मन्त्रालय

नेपालको खेलकुदलाई World Anti Doping Agency WADA को विश्वव्यापी मान्यता अनुरुप सञ्चालन तथा व्यवस्थापन गर्न खेलाडीहरुले खेलपूर्व, खेल दौरानका समयमा समेत क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन विरुद्धको कार्यलाई अव अगाडी बढाइने भएको छ । यसको लागि National Anti Doping Agency NADA को गठन प्रक्रिया समेत शुरु गरेको

खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम शुरुवात

माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ २०२१, (तदनुसारमिति २०७८ असोज १५ देखि ३० गते) सम्म सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनशिप (South Asian Football Federation Championship-2021 SAFF) मा उप बिजेतानेपाली राष्ट्रिय फुटबल टिमका २३ जना खेलाडीहरुलाई जनही रु. ५ लाख, प्रशिक्षकहरुलाई जनही रु. ३ लाख सहित सम्मान-पत्र र अफिसियलहरुलाई सम्मान-पत्रद्वारा सम्मान गर्ने कार्य

युबा उद्यमशीलताका लागि स्वप्रेरित युबा हरुलाइ GYC- Generate Your Business र SYC-Start Your Business, Financial Literacy तालिम कार्यक्रम आयोजना

IYB- Improve Your Business र EYB- Expand Your Business तर्फ  अग्रसरता

Idea Studio को सहकार्यमा सचालित Youth Innovation Youth Incubation Lab Trainingतालिम कार्यक्रम आयोजना

स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धी शोध कार्यमा सहयोग तथाप्रोत्साहन गर्ने कार्यको शुरुवात

राष्ट्रिय स्वयंसेवा नीति ( National Volunteers Policy ) तर्जुमाको प्रक्रिया शुरु

बंगलादेशको राजधानी ढाकामा मिति २०७८/०९/०६देखि ०९/१६गते सम्म संचालन भएको बंगवन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप- २०२१ मा नेपालको तर्फबाट सहभागी नेपाली राष्ट्रिय महिला भलिवल टीमलेप्रथम स्थान हासिल गरी राष्ट्रको गौरव वढाउन पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय महिला भलिबल टिमका १२ जना खेलाडीलाई जनही रु. ५ लाख, २ जना प्रशिक्षकलाई जनही रु. ३ लाख, १ जना अफिसियललाई रु. २ लाखका दरले नगद पुरस्कार वितरण तथासम्मान

विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल प्रिन्स दाहाललाई सम्मान

प्रकाशन

  • संघीय शासन प्रणाली, सुशासन र विकास, काठमाडौ
  • नेपालमा संघीयताका अवसर र चुनौतीहरु
  • प्रशासनमा व्यावसायिकता र सदाचारिता
  • शासकीय प्रबन्ध प्रशासन र व्यवस्थापन शासन प्रणाली र सार्वजनिक मामिलाको व्यवस्थापन
  • नेपालको अर्थ राजस्व र वित्त व्यवस्था
  • सहलेखनमा ३ वटा पुस्तक प्रकाशित
  • शासकीय प्रबन्धका नवीनतम आयामहरु
  • ६०० भन्दा बढी लेखहरु पत्र पत्रिका अनलाइन र अन्तर्राष्ट्रिय जर्नल मा प्रकाशति

प्रकाशित मिति:February 9, 2022