श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

  Sampatti News

February 10, 2022

श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

काठमाडौँ-ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय हिजोआज सुनसान भएको छ ।

पहिले त्याहाको भिडभाड देखेका मानिसहरु अजकाल त्यता पुगे भने त्याहाको सुनसान बातावरण देख्दा अच्चममा पर्ने गर्दछन् ।

सोल्टीमोड भित्र रहेको वैदेशिक रोजगार कार्यालय मालपोत तथा यातायातको कार्यालय भन्दा बढी भिडभाड हुने कार्यलय थियो ।

सरकारको कागजमुक्त प्रशासन सेवा नीतिका कारण यो सम्भब भएको हो ।

पहिले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाहरुको विहान ४ बजे देखी भिड लाग्ने गरेको उक्त कार्यलय आजभोली सुनसान भएको हो ।

अहिले संस्थागत श्रम स्विकृतीका लागी म्यानपावरका प्रतिनिधी तथा केही महिला मात्र श्रमस्विकृतीका लागी कार्यलय जाने गरेका छन् ।

सबैकाम अनलाईन मार्फत हुने भएपछी त्याहा कार्यरत ब्यस्त कर्मचारी अहिले फुर्सदिला भएका छन् ।

उनीहरुको कामको तनाब साथै अतिरिक्त आम्दानी समेत घटेको छ ।

विगतमा पाइला पाइलामा भेटिने विचौलियाहरु अहिले उक्त कार्यालयबाट पलाएन भएका छन् ।

युवाहरु बिचैलियाबाट ठगिनुपर्ने बाध्यताबाट मुक्त

साथै श्रमस्विकृति लिन आउने युवाहरु बिचैलियाबाट ठगिनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

उनिहरुले घरमै रहेर अनलाईन मार्फत श्रमस्विकृती प्राप्त गर्ने वातवरण श्रृजना भएको छ ।

वस्तविक रुपमा भन्नुपर्दा श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्तिनै भएको छ ।

एक महिना अघिसम्म श्रम स्वीकृति लिनेको भिड बिहान ४ बजे नै कार्यालयको गेटमा हुन्थ्योे ।

भीड व्यवस्थापन गर्न प्रहरीको ठूलो टोली नै त्यता परिचालन गराउनुपर्ने बाध्यता थियो ।

श्रम स्वीकृति लिन आउनेलाई लक्षित गरी धेरै साना ठूला व्यवसाय त्यसक्षेत्रमा फस्टाएका थिए ।

कार्यालय अगाडि म्यादी बीमा गर्ने, अनलाइन फारम भरिदिने लगायतका बिचैलियाको रजगज थियो ।

वैदेशिक रोजगार कार्यालयले अनलाइन मार्फत श्रमस्विकृती जारी गर्न थालेसँगै युवाहरुले श्रम स्विकृतीकालागी भोग्ने गरेको हैरानीबाट मुक्त भएका छन् ।

श्रम स्विकृतीका लागी युवाहरु गाउबाट २-३ दिन अगाडीनै काठमाडौ आउनुपर्ने बाध्यता समेत हटेको छ ।

कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाट जारी गर्दै आएकामा यही माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाटै दिन थालेको हो ।

पुनः श्रम स्वीकृति अनलाइनबाटै दिन थालेको पहिलो दिन नै ८५५ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको कार्यलयले जनाएको छ ।

हाल दैनिक एक हजार भन्दा धेरैले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालयकी निर्देशक मुक्ता बास्कोटाले जानकारी दिइन ।

यसअघि दैनिक एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवा प्रवाह गर्दा कोरोना संक्रमण बढ्ने, कर्मचारी र सेवाग्राहीबीच अनुचित आर्थिक लेनदेन हुने गुनासो आउने गरेको थियो ।

त्यस्तै सेवाग्राहीको चाप बढी हुँदा कर्मचारीले रातिसम्म काम गर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ ।

कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ को अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कार्यालयले श्रम स्वीकृतिका लागि तीन दिन अगाडि अनलाइन फाराम भर्न आग्रह गरेको छ ।

श्रम स्वीकृति लिन कार्यालयमा जानैपर्ने बाध्यता छैन

अहिले श्रम स्वीकृति लिन कार्यालयमा जानैपर्ने बाध्यता भने छैन ।

संस्थागत रुपमा भने म्यानपावरका प्रतिनिधिहरु जाने गरेका छन् ।

कार्यलयले महिलाहरुका हकमा भने कार्यालयले स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने नियम बनाएको छ ।

सोझा सिधालाई महिलालाइ ललाई फकाइ विदेशमा बेचिने गरेको घटना सार्वजनिक भएसँगै कार्यलयले कडाइ गरेको हो ।

कतिपय सानो दुधे बच्चा समेत छाडेर विदेश जान खोज्ने हुन्छन् । उमेर नपुगेका तथा सानो बच्चा भएकाहरुलाई भने विभागले श्रम स्वीकृति दिँदैन ।

यसकारण पनि महिलाहरुलाई कार्यालयमै बोलाउनु पर्ने उनी बताउँछिन् । विदेशमा काम गर्ने श्रम स्वीकृति लिन बीमा अनिवार्य गरिएको छ ।

यसअघि बीमा गर्नका लागि कार्यालय अगाडि राखिएका बीमा कम्पनीहरुका सम्पर्क व्यक्तिसँग बीमा गराउने गरिएको थियो ।

यो पनि अब अनलाइन वा आफ्नो नजिकको बीमा कम्पनीमा गएर गर्न सकिनेछ । म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार लाग्नेछ ।

कल्याणकारी कोषमा प्रत्येक श्रमिकले एक हजार ५०० रुपैयाँ बुझाउनुपर्छ ।

जीवन बीमा र कल्याणकारी शुल्क ३५ वर्षसम्मका लागि पाँच हजार २०८, ३६ देखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ र ५१ वर्षदेखि माथिका लागि १० हजार ९६३ रुपैयाँ तिर्नुपर्छ ।

कार्यालयले बीमा र कल्याणकारी शुल्कबाहेक अतिरिक्त रकम नबुझाउन सेवाग्राहीमा अनुरोध गरेको छ ।

यसबाहेक केही व्यक्तिगत श्रम स्वीकृति लिनका लागि पनि कार्यालय पुग्ने गरेका छन् ।

निर्देशक बास्कोटाका अनुसार धेरै हतार भएकाहरु दैनिक ३० जना हाराहारीमा कार्यालय पुग्छन् ।

अनलाइनबाट स्वीकृति पाउनका लागि तीन दिन समय लाग्छ ।

भेरिफाइ हुन समय लाग्ने भएकाले तत्कालै उडिहाल्ने टिकट भएकाहरु कार्यालय आउने गरेको कार्यलयले जानकारी दिएको छ ।

श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

प्रकाशित मिति:February 10, 2022