चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

  Sampatti News

February 13, 2022

चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

काठमाडौं-प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुद्वारा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको हो ।

आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

कति संख्याले महाअभियोग पारित हुन्छ ?

राजनीतिक दलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाए प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्छ ।

महाअभियोग पारित भए जबरा पदबाट मुक्त हुनेछन् ।

महाअभियोग पारित भए प्रधानन्यायाधिसले धेरै कुरा गुमाउने छन् । अत उनले अब राजिनामा दिन सक्ने अनुमान गरिएको छ ।

संसदमा महाअभियोग दर्ता भइ पारित भएको खण्डमा प्रधानन्यायाधीश जबरा सार्वजनिक पदमा सधैंका लागि अयोग्य ठहर हुनेछन् ।

संविधानको धारा १०१ (९)ले यसको व्याख्या गरेको छ ।

यो व्यवस्थाअनुसार महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्त वा मनोनयन हुन सक्नेछैन ।

वर्तमान सत्ता गठबन्धनसँग प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर पारित गर्नपुग्ने सांसद संख्या रहेको छ ।

मुलुकको २८ औँ प्रधानन्यायाधीश बनेका जबराले अहिले महाभियोबाट बच्न राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश हुने छन् ।

न्याय परिषद्ले पनि कार्कीलाई नै कार्यबाहक बनाउने निर्णय गर्ने सम्भावना छ ।

न्याय परिषद् ऐनको दफा ५ मा पनि न्यायाधीश नियुक्तिको आधारमा त्यही व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतले पनि प्रधानन्यायाधीश जबरापछि दोस्रो वरियतामा कार्कीकै नाम राखेको छ ।

उनी पुनरावेदन अदालत मुख्य न्यायाधीशबाट सर्वोच्चको स्थायी न्यायाधीशका लागि सिफारिस भएका हुन् ।

कार्कीले सर्वोच्चमा उपलब्ध गराएको विवरण अनुसार उनी २०१४ असोज १६ गते जन्मिएका हुन् ।

२०३७ साउन ६ मा शाखा अधिकृतबाट उनले सरकारी सेवा थालेका थिए ।

२०७३ साउन १२ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका कार्की २०७९ असोज दोस्रो हप्तासम्म सर्वोच्च रहन्छन् ।

जबराले अहिले राजीनामा दिए कार्यवाहक प्रधानन्यायाधीशका रुपमा कार्कीले १० महिना सर्वोच्चको नेतृत्व गर्नेछन्।

हरिकृष्णलाई झन् धेरै फाइदा

सर्वोच्च अदालतको न्यायाधीशको तेस्रो वरियतामा मीरा खड्का छिन् ।

तर जबराले बीचमै प्रधानन्यायाधीश पद छोडे दीपककुमार कार्की जस्तै अर्का न्यायाधीश हरिकृष्ण कार्कीले पनि फाइदा लिन सक्छन् ।

जबरा पूर्णकालसम्म रहे दीपकले कार्यबाहक हुने अवसर गुमाउनेछन् ।

दीपक कार्यवाहक प्रधानन्यायाधीश बनेमा पनि त्यसको सिधै फाइदा हरिकृष्णले लिनेछन् ।

उनको प्रधानन्यायाधीश अवधि पनि अझै बढ्नेछ ।

दीपककुमार कार्कीपछि वरीयताको दोस्रो नम्बरमा मीरा खड्का छिन् ।

तर, उनको अवधि जम्मा ७ महिना मात्रै रहेको सर्वोच्चका एक अधिकारीले बताए। यस आधारमा दीपकपछि सिधै हरिकृष्ण प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ।

स्वतः २०७९ मंसिर १५ पछि हरिकृष्ण प्रधानन्यायाधीश हुन्छन् ।

तर, जबराको राजीनामा र दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश बनेमा २०७९ भदौमै हरिकृष्ण प्रधानन्यायाधीश बन्न सक्छन् ।

२०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरिकृष्ण कार्की महान्यायाधिवक्ता थिए।

चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

प्रकाशित मिति:February 13, 2022