प्रमुख निर्वाचन आयुक्त, महालेखा परिक्षक र मुख्य सचिवद्वारा संयुक्त रुपमा पुस्तक लोर्कापण

  Sampatti News

April 6, 2022

काठमाडौँ— प्रमुख निर्वाचन आयुक्त, महालेखा परिक्षक र मुख्यसचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको छ ।

काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति ‘सुचना प्रविधिको प्रयोग र यसका चुनौती’ बिषयक अन्तरक्रिया तथा संघीयतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँहरुले सयुक्त रुपमा उक्त पुस्तक लोर्कापण गर्नु भएको हो ।

७१५ पृष्ठको उक्त पुस्तकका निजामती प्रशासन क्षेत्रका सचिव, सहसचिव लगायत उच्च तहका प्रशासकले सिर्जना गर्नुभएको ५९ वटा निम्न शिर्षकका लेखहरु समावेश गरिएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस्तक प्रकाशन तथा सम्प्रेषण गर्नुभएकोमा प्रकाशकलाई धन्यवाद दिदै प्रकाशन निरन्तरताको अपेक्षा रहेको बताउनुभयो ।

उहाँले ताप्लेजुङ्गका शिक्षकको सरुवा तथा नियुक्ति काठमाडौँमा हुने व्यवस्था संघियता नभएको बताउनुभयो ।

सुचना प्रबिधिको बारेमा बोल्दै आयुक्त थपलियाले अहिले आयोगले प्रबिधिको प्रयोग मार्फत भोट हाल्ने स्थानको बाटो समेत देखाउने गरी जिपिएस प्रबिधि मार्फत काम भई रहेको बताउनुभयो ।

उहाँले अहिले आयोग सामाजिक सञ्जाल मार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुने तर्फ चिन्तित रहेको बताउनु भयो ।

साथै आयुक्त थपलियाले मतदाता नाम दर्ताको आंशिक कार्य अनलाईन मार्फत गर्ने कार्यको सुरुवात गर्न आयोग तयारी अबस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख महालेखा परिक्षक टंकमणी शर्माले सम्पूर्ण प्रशासकलाई लेख रचना तर्फ अग्रसर भएको देख्दा खुसी लागेको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो ।

साथै पुस्तक प्रकाशक प्रति यस्ता कृति प्रकाशनमा निरन्तरता रहने अपेक्षा सहित शुभकामना दिनुभयो ।

उहाँले प्रशासकलाई लेख रचना जस्तै कार्य तर्फ समेत ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले निजामती कर्मचारीको कार्य तर्फ असन्तुष्टी जनाउदै निजामति कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भएको बताउनु भयो । उहाँले उहाले निजामती कर्मचारीको कार्यतर्फ असन्तुष्टी जनाउँदै निजामती कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भएको बताउनु भयो ।

उहाँले सरकारी कर्मचारीको रबैया देख्दा सरकारी सेवामा आउने मान्छेलाई के उद्देश्यका साथ आउन लाग्या हो बुझ्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

लेखा परिक्षणको क्षेत्रमा सुचना प्रबिधिको प्रयोग गर्दै उहाँले नेपाल अडिट म्यानेजमेन्ट सिस्टम प्रयोगमा आएको बारे उहाँले जानकारी दिनुभयो ।

उहाँले सबै कार्य आईटीबाट सम्भब नहुने बताउदै केही कार्य म्यानुअल्ली गर्नुपर्ने बताउनु भयो ।

सरकारका मुख्य सचिव शंकरदास बैरागीले अब संघियताको मुल्याङ्कन आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले संघियता नेपालको लागी नयाँ विषय भएको तर अहिले संघियताको उपलब्धीको बारे मुल्याङ्कन गर्न अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुचना प्रबिधिको बारेमा बोल्दै अहिले सुचना प्रविधिको युग भएको हुदा प्रबिधि मैत्री प्रशासनमा जोड दिदै साइवर सुरक्षामा समेत बिशेष जोड दिन आग्रह गर्नुभयो ।

साथै उहाँले सरकारले आउदो बैशाखबाटै एकिकृत सुचना प्रणाली सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उहाँले बिश्व जगतसँग नेपालमा प्रयोगमा रहेको सुचना प्रबिधिको तुलना गर्दा स्थिती लज्जास्पद रहेको स्विकार गर्नु भयो । मुख्य सचिव बैरागीले हाल नेपाल प्रबिधि तर्फ उन्मुख रहेको बताउदै क्यासलेस, फेसलेस र पेपरलेस प्रबिधि नेपालको भविश्य रहेको उल्लेख गर्नु भयो ।

सचिव बैरागीले नेपालीको आर्थिक रुपान्तरणमा जोड दिदै आर्थिक समृद्धि बिना नेपालीले ईज्जत प्राप्त गर्न नसक्ने बताउनुभयो ।

पुस्तकको बारेमा बोल्दै मुख्य सचिव बैरागीले पुस्तकमा निकै अब्बल र अग्रज प्रशासकले लेखेको सामाग्री समावेश भएको हुदा पठनीय रहेको बताउनुभयो ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले पुस्तक माथी समिक्षा गर्दै ब्यक्तिगत रुपमा भएपनि सम्पादक गोविन्दप्रसाद चौलागाईले पुस्तक बिक्रिको ३० प्रतिशत बिपन्न बिद्यार्थीका लागी छुट्टयाउने कार्य उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्नुभयो ।

सचिव शर्माले शुसासनको आजको आवश्यक्तामा सरकार सहित अन्य निकाय समेत एकिकृत भएर लागेमा सफल हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा लोकसेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनालीले संघीयता राज्यशक्ति बाडफाँडको बिशेष ब्यबस्था भएको हुदा यो सफल बनाउन यसको संवाहक शक्तिहरु समेत बफादार हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले संघियतालाई नाराको रुपमा सिमित राख्न मात्र नभएर राजनेताले स्विकारेमा मात्र सफल हुने उल्लेख गर्नुभयो ।

उहाँले संघियता भित्र पहिचान, अधिकार तथा राष्ट्रियता समेत हुने हुदा यसलाई सफल पार्न सबै राजनितिक शक्ति क्रियाशिल हुन आबश्यक रहेको कुरा औल्याउनुभयो ।

उहाँले हालको अबस्थामा संघियता राजनीतिक रुपमा मात्र आएको तर प्रशासनिक रुपमा नआएको बताउनुभयो

हाल संघियताले गलत खालको प्रशासनिक ब्यबस्था अंगिकार गरेको उहाँले बताउनुभयो ।

संघियतालाई सफल तुल्याउन प्रशासनिक ब्यबस्थापनको अधिकार संघिय सरकारलाई दिनुपर्ने उहाँको तर्क थियो ।

कार्यक्रममा बोल्दै पुर्वमुख्य सचिव विमल कोईरालाले समय अन्तरालमा प्रशासन क्षेत्र निकै फितलो भएको उल्लेख गर्नुभयो ।

उहाँले ब्यबस्था परिर्वतन हुदा कार्यलयको वोर्ड मात्र परिर्वतन भएको तर अरु केहि परिर्वतन हुन नसकेको बिडम्बना आफुले भोगेको जानकारी दिनुभयो ।

उहाँले संघिय संरचना राजनीतिक मुद्धामा मात्र सिमित हुदा अन्य प्रशासन तथा ब्यबस्था परिबर्तन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले आयोगले प्रबिधिको प्रयोग मार्फत बिभिन्न ५ वटा कार्यगर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले आयोगले प्रबिधिको प्रयोग मार्फत उजुरी लिने कार्य, उजुरी छानविनको कार्य, सुचना सम्प्रेषणको कार्य, जिपिएसको प्रयोग, कार्यलय ब्यबसथापन ई—हाजिर मिटिङ्ग लगायतका कार्यगर्दै आएको उल्लेख गर्नु भयो ।

साथै प्रवक्ता भण्डारीले प्रविधिका कारण आयोगको अनुसन्धानमा प्रविधिले अनुसन्धानमा चुनौती समेत थपेको बताउनु भयो ।

उहाँले नयाँ प्रयोगमा आएका सामाजिक सञ्जाल म्यासेन्जर,भाईवर लगायतको अभिलेख राज्यको पहुचमा नभएको उल्लेख गर्दै यसले अनुसन्धानमा चुनौती थपेको जिकिर गर्नुभयो ।

कार्यक्रममा दुरसंचार प्राधिकरणका वोर्ड सदस्य चुडामणी चौलागाईले सुचना प्रबिधिको प्रयोगबाट शुसासन सहित आर्थिक उर्पाजन समेत हुने तथ्यको उजागर गर्नुभयो ।

उहाँले सरकारले सुचना प्रविधिको प्रयोग पर्यटन, कृषी लगायतका क्षेत्रमा बढाउने लक्ष्य लिएकोमा त्यस लक्ष्यलाई पुरागर्न दुरसंचार प्राधिकरण पुर्वाधार विकाशको कार्यमा दृत गतीमा लागेको उल्लेख गर्नु भयो ।

हाल प्राधिकरणले पुरानो पुर्वाधार संरक्षण तथा सुधारका साथै नयाँ पुर्वाधार निर्माणमा अग्रसर रहेको उल्लेख गर्नु भयो ।

उहाँले हाल प्राधिकरणको नेतृत्वमा मध्य पहाडी लोकमार्गमा फाईवरको काम चलिरहेको बताउनु भयो ।

हाल प्राधिकरणले डिजिटल नेपालको अबधारणा अंतर्गत स्थानिय तहको डिजिटल सिष्टम व्यवस्थापनको कार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँले डिजिटल नेपाल नीति कार्यान्वयनको सन्दर्भमा सामुदायिक विद्यालयमा ईन्टरनेटको पहुँच पु¥याउने कार्य सञ्चालन भैरहेको बताउनुभयो ।

साथै प्राधिकरणले हाल जेष्ठ नागरिकको लागी डिजिटल शिक्षाको कार्य समेत शुभारम्भ गरेको उल्लेख गर्नु भयो ।

प्राधिकरणले हाल नेपाल प्रहरीसँगको सहकार्यमा उच्च प्रबिधिको फोरेन्सीक ल्यावको कार्य समेत गर्दै गरेको उल्लेख गर्नु भयो ।

उहाँले नेपालको सन्दर्भमा सुचना प्रबिधिको सुपर हाईवे निर्माणको फाईवर बिछ्याउने कार्य सडक निर्माणको कार्य सुस्तताले गर्दा ढिलो भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सुचना पूबिधि र शुसासनबारे बिधान शर्माले आफ्नो धारणा राखनु भयो । उहाले सुचना प्रबिधिको प्रयोग बिस्तार भन्नाले उपकरण भन्दा पनी सेवा दिने प्रक्रियाको परिर्वतन भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा पुस्तकका सम्पादक गोविन्दप्रसाद चौलागाईले उक्त पुस्तकको अभियान लाई पुरा गर्न कोभिड जस्तो बिषम् समयमा समेत आफ्नो जिम्मेवारी पुरा गर्ने कार्य सँगै लेख लेख्ने थप कार्य गरेर हाम्रो अभियान पुरा गर्ने कार्यमा सामेल हुनु भएका सम्पुर्ण लेखकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगन्तुक सबै प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो । उहाँले पुस्तक बिक्रिको ३० प्रतिशत रकम बिभिन्न जिल्लाका गरिव तथा जेहेन्दार बिद्यार्थीको शिक्षामा सहयोग स्वरुप खर्च गरिने बारे जानकारी समेत गराउनु भयो ।

कार्यक्रममा महामारीमा आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्दै त्यस्को अलावा काठमाडौँ,ललितपुर, भक्तपुर र रौतहटका धेरै पिडितहरुलाई सहयोग गर्ने हाम्रो अभियानमा जोडिनुभएका नेपाल सरकारका सह–सचिव प्रकाश पौडेल, नेपाल सरकार सह–सचिव केदारनाथ शर्मा, नेपाल सरकार सह–सचिव पार्वती शर्मा काफ्ले तथा पुर्व सिडिओ जनकराज दाहाल लाई मुख्य सचिव शंकरदास बैरागी, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, प्रमुख महालेखा परिक्षक टंकमणिशर्मा, पुर्व लोकसेवा अध्यक्ष उमेश मैनाली, पुर्व मुख्य सचिव विमल कोईरालाले सयुक्त रुपमा प्रशंसापत्र सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

साथै कार्यक्रममा भर्खरै सहसचिवमा बढुवा हुनु भएका टंक पाण्डे, रामचन्द्र तिवारी, रमेश अर्याल, शंकर पन्थी, नरहरी घिमिरे, शुसिला अर्याल, ईस्वरचन्द्र मरहट्टा, रेखा कडेल, लक्ष्मी निरौला लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिभिन्न मन्त्रालयका सचिव, बिभिन्न बिभागका महानिर्देशक, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायत, प्रशासन क्षेत्रका ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:April 6, 2022