महानगरमा राहत वितरण कार्य तिव्रः अनुगमनमा खट्दै प्रमुख प्रशाकिय अधिकृत अर्याल र प्र.जि.अ दाहाल

  Sampatti News

April 8, 2020

काठमाडौं । महानगरको राहत वितरण व्यवस्थापन बुझ्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल को सक्रियतामा एक राहत व्यावस्थापन टिम बनाइ घरघरमा पुर्याउने काम भइरहेको छ ।
यसै क्रममा अर्याल र दाहाल मंगलबार महानगरको वडा ३१ को जागृतिनगरमा पुगेर राहत वितरण अनुगमन गर्नुभएको थियो । आज बुधबार पनि उहाँहरु राहत वितरण कार्य र अनुगमनकार्यलाई तिव्रता दिनुभएको छ ।


लकडाउनको अवधिमा महानगरपालिका क्षेत्रभित्र भएका अति बिपन्न, असहाय र दैनिक ज्यालादारी गर्नेलाई मापदण्डबमोजिम राहत वितरण कार्य चलिरहेको छ । यसैबीच तोकिएका घरपरिवार तथा व्यत्तिले राहत प्राप्त गरे नगरेको, राहत वितरण गर्दा सामाजिक दुरी कायम भए नभएको, खाद्य सामाग्रीको प्याकेट र परिमाण, ढुवानी र वितरणको व्यवस्थापन, अभिलेख राख्ने बिधि, दाताबाट प्राप्त राहतको वितरण व्यवस्थापनजस्ता पक्ष निरीक्षणका क्रममा हेरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी जानकारी दिनुभएको छ ।
महामारी नियन्त्रण गर्ने यस अवस्थामा महानगर स्थानीय प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध बनाएर सामाजिक न्यायमा आधारित काम गर्दै आएको उनले बताए ।
महानगर सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । संकटका बेलामा हुनेले नहुनेलाई दिनुपर्छ । कतै कतै हुनेखाने पनि राहत लिन लाइनमा बसेको खवर सुनेको र यसलाई समेत नियन्त्रण गर्न तर्फ लागेको उनले बताए ।

निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याल, प्रदेश सभा सदस्यहरु गणेश दुलाल र राजेन्द्र गुरुङ्, प्रमुख जिल्ला अधिकारी दाहाल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, वडाध्यक्ष नारायण भण्डारी, प्रशासन बिभागका प्रमुख नमराज ढकालसहित वडासदस्यहरुद्धारा महानगरपालिकामा छुट्टाछुट्टै राहत वितरण भएको छ ।

वडा ३१ ले आजसम्ममा ३ हजार २०० परिवारलाई राहत वितरण गरिसकेको छ । वडाध्यक्ष नारायण भण्डारीका अनसार थप अझै ६०० परिवारलाई राहत सामाग्री दिने तयारी भइसकेको छ ।
त्यसपश्चात वडा ३१ का३ हजार ८०० परिवारले राहत पाउनेछन् । छुटपुटलाई पनि पछि दिइने उनले बताए ।
राहत प्याकेट को लागि १ हजार ६०० प्याकेट महानगरबाट प्राप्त रकमबाट र २ हजार २ सय प्याकेट दाताको सहयोगबाट प्राप्त भएको उनले बताए । दाताहरुतर्फ उद्योग बाणिज्य परिसंघबाट १ हजार प्याकेट, उद्योग वाणिज्य संघबाट ५०० प्याकेट, आर्ट अफ लिभिङ्बाट ३०० प्याकेट, राजेन्द्र भण्डारीबाट २०० प्याकेट, मारवाडी सेवा समितिबाट १५० प्याकेट र एकता नेपालबाट ५० प्याकेट खाद्य सामाग्री प्राप्त भएको हो ।

वडाबाट सुकुम्बासीमा १ हजार प्याकेट राहत बाँडेको छ, ओमकारेश्वर मार्ग, वडा कार्यालय, इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुल, आलोकनगर, देउराली क्लव, आशा मन्दिर जागृतिनगर, शान्तिनगर, चौतारीक्लब, ओमशान्ति चोक जस्ता ठाउँबाट राहत वितरण गरेको हो ।

वडामा रहेको निसहाय सेवा केन्द्रमा संघीय संसद प्रकाशमान सिंहकातर्फले समेत १२० किलो चामल, २ प्याकेट नुन, ६ लिटर तेल, ५ के. जि. चना र ५ केजि. दाल उपलब्ध गराएका छन् ।
वडा सचिव सुरेश साहु खलसाहुका अनुसार संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्रमा आश्रित असहाय बालबालिकाका लागि सृजना सिंहबाट ४ बोरा चामल, १ बोरा दाल, ५० प्याकेट बिस्कुट, २ प्याकेट नुन, १० के जि. चिउरा, १० के जि आलु, ३ कार्टुन चाउचाउ र ४ बोतल स्यानिटाइजर उपलब्ध गराइएको छ ।
त्यस्तै केन्द्रमा आश्रित बालबालिकाका लागि सुबोधलाल कर्णमार्फत १२५ किलो चामल, ५० किलो चिउरा, २० किलो दाल, १० प्योकट नुन र १० लिटर तेल उपलब्ध गराइएको छ ।
स्मरणीय रहोस, एकनारायण अर्याल ०७२ मा भूकप्प जाँदापनि काठमाडौँ प्रजिअ हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि काठमाडौँ बासीहरुलाई राहतको अनुभूति गराउनु भएको थियो । संयोग नै मान्नु पर्दछ, यसपटकको लामो लकडाउनको अवधिमा पनि उहाँ नेपाल सरकारको सचिवमा बढुवा भएलगत्तै काठमाडौँ महानगरपालिका पदस्थापन हुनु भएको हो । पदस्थापन सँगै सचिव अर्याल महानगर बासीलाई राहतका कार्यक्रम सहित मैदानमा उत्रनु भएको छ ।

महानगर पालिकाभित्र रहेका एक असाहयलाई राहतका सामाग्री हस्तान्तरण गर्दै प्रमुख प्रशाशकिय अधिकृत एकनारायण अर्याल

प्रकाशित मिति:April 8, 2020