आयातमा कडाई भएकाेले मुल्यबृद्धि थप बढेको होः काठमाडौँ प्रजिअ

  Sampatti News

May 4, 2022

काठमाडौँ-काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महंगीको धेरै कारणमध्य आयातमा गरिएको कडाई एक प्रमुख कारण रहेको बताउनु भएको छ ।

संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्यबृद्धि तथा बजार अनुगमन बिषयक सचेतनामुलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले अनुगमनलेमात्र मुल्य बृद्धि नियन्त्रण नहुने जिकिर गर्नु भयो ।

उहाँले भन्नु भयो अनुगमनले मात्र कुनै बस्तु तथा सेवाको बास्तविक मुल्यबारे जानकारी नहुने हुदा मुल्य निर्धारण प्रणालीको बिकाश अहिलेको मुख्य आबश्यक्ता रहेको जिकिर गर्नु भयो ।

उहाँले थप्नुभयो “मुल्यबृद्धि भएको हो होईन भन्नेवारे जानकारीको लागी समेत अहिले मुल्य निर्धारण प्रणाली अत्यन्त आवश्यक भै सकेको छ । ”

उहाले जिल्ला प्रशासन कार्यलयसँग बजारनै अनुगमन गर्न छुट्टै जनशक्ती नभएकाले प्रभावकारी अनुगमनमा समस्या श्रृजना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “बजार अनुगमनमा मात्र केन्द्रित हुदा कार्यलयको दैनिक कार्य प्रभावित हुने तथा अनुगमनसँगै थप प्राबिधिक स्रोत साधनको समेत अभावले अनुगमनमा समस्या श्रृजना हुने गरेको छ ।”

साथै उहाँले बजार मुल्य ब्यवस्थापनमा ब्यवसायीको भुमिका प्रमुख हुने बताउदै बताउदै ब्यवसायी इमान्दार हुनु पर्नेमा जोड दिनु भयो ।

साथै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले साप्ताहिक रुपमा दुईवटा अनुगमन भैरहेको जानकारी दिनुभयो ।

उहाँले रसिया र युक्रेनको युद्ध तर्फ संकेत गर्दै अहिलेको बजार अन्तराष्ट्रिय घटना परिघटनाबाट प्रभावित रहेको बताउनु भयो ।

उहाँले नेपालको सन्द्रभमा नेपालमा दक्षिण एसियाकै महंगो ढुवानी भएको तथा हालको इन्धनको बढदो मुल्यले समेत बजारको मुल्यबृद्धीमा थप बल थपेको बताउनुभयो ।

उहाँले बजार अनुगमनको सन्द्रभमा जिल्ला प्रशासन कार्यलयले गर्नुपर्ने काम गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन बाणिज्य बिभागले भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

साथै कार्यक्रममा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बस्तु तथा सेवगाको मुल्य बृद्धिमा बिभिन्न पक्षको भुमिका रहने उल्लेख गर्दै बिश्वका कुनैपनि संयन्त्रले मुल्यबृद्धि रोक्न नस्कने बताउनु भयो ।

उहाँले बाणिज्य बिभागसँग मुल्यबृद्धि रोक्ने कुनै अधिकार नभएको कुरा प्रष्ट पार्नुभयो ।

उहाँले बाणिज्य बिभागको कार्य बजार अनुगमन तथा बजारमा सुब्यबस्था कायम गराउने मात्र रहेको उल्लेख गर्दै उक्त कार्यमा बिभाग क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

उहाँले अहिलेको मुल्यबृद्धि रुस युक्रेन युद्धका कारण श्रृजना भएको आयात लागतको बृद्धी भएको बताउनु भयो ।

उहाँले नेपालको अर्थ ब्यबस्था आयातमा आधारित अर्थब्यबस्था भएको हुदा इन्धन मुल्य र आयात लागतनै अहिलेको मुल्यबृद्धिको मुख्य कारक रहेको उहाँको तर्क थियो ।

उहाँले अमेरिकामा गएको एक बर्षमा ३० देखी ३५ प्रतिशत मुल्य बृद्धि भएको उदाहरण दिदै नेपाल जस्तो ९० देखी ९२ प्रतिशत आयातमा चलेको देशमा उत्पादक मुलुकमै मुल्य बढेको अबस्थामा हाम्रोमा नबढने भन्ने नहुने बताउनुभयो ।

उहाँले प्राकृतिक बाहेक कृतिम रुपमा हुने गरेको मुल्यबृद्धि नियन्त्रणमा बिभागलागी परेको जानकारी दिनुभयो ।

उहाँले हाल बाणिज्य बिभागमा भएको जनशक्तीले नेपालभरीको बजार अनुगमन सम्भब नभएको बताउदैँ जिल्ला संयन्त्रलाई सक्रिय बनाउन विभाग लागी परेको बताउनुभयो ।

उहाँले कर्तब्यको तेल नहाली अधिकारको रेल चलाउन क्रियाशिल ब्यक्तीहरुले आफ्नो कर्तब्यको पालना गरेका मात्र धेरै समस्या स्वत समाधान हुने जिकिर गर्नु भयो ।

महानिर्देशक शर्माले हाल बिभाग सयुक्त बजार अनुगमन निर्देशिका लागुगर्ने तर्फ अग्रसर रहेको बताउदै निर्देशिका लागुभए पश्चात बजार अनुगमन थप प्रभावकारी हुने जानकारी दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जताततै मुल्य बढेको र हाल आमसर्वसाधरणको स्थिती नाजुकहुदै गएको उल्लेख गर्नुभयो ।

उहाँले ब्यवसायी ब्यापारीहरुको दादागीरिले चरम सिमा पार गर्दै प्रशासनलाई टेर्न छोडेको कुरा उल्लेख गर्नुभयो ।

उहाँले हाल ब्यबसायी राजनीतिक नेतृत्वसँग नजिक हुदै अराजक हुदै गएको जिकिर गर्नु भयो ।

ब्यापारीको सिन्डीकेटले हाल बजारमा सरकारले बनाउने सिटामोल समेत पाईन छाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो “ सरकार बजारमा ग्यास अभाव छैन भन्छ तर बजारमा ग्यास पाईदैन, पत्रकार मलाई ग्यास मिलाईदिनुपरो भनेर फोन गर्छन, पत्रकारलाई मैले ग्यास मिलाउनु पर्ने स्थिती आउनु लाजमर्दो भएन ?।”

उहाँले थप्नुभयो “सरकार उपभोक्ता अधिकारको कुरा गर्छ । सभाषद १०० ग्राम नुन ३५ रुपैयामा बेच्छन्, ब्यबसायीनै सभाषद हुने ! बेथिती निम्तयाउने ! कसरी हुन्छ सुब्यवस्था ? ।”

सभाषद तथा पुर्व राज्यमन्त्री मोतीलाल दुगड तर्फ संकेत गर्दै उनले भने,“सभाषद ब्यापारी १०० ग्राम नुन ३५ मा बेच्ने, घर घरमा पुग्ने मसलामा मिसावट गर्ने, दुगडले उत्पादन गर्ने मसलामा अखाध्य बस्तुको मिसावट पाइएर कारवाही गरिएको छ यसमा मिडियाले आबाज अठाउन आबश्यक छ ।

कार्यक्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक लिलाप्रसाद शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:May 4, 2022