मेलुङ गाउँपालिकामा एमालेका थोकर विजयी

  Sampatti News

May 17, 2022

काठमाडौं – दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित हुनुभएको छ ।

थोकरले चार हजार ४४२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ ।

प्रकाशित मिति:May 17, 2022