भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल ११९ मतले अगाडि

  Sampatti News

May 17, 2022

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् ।

१८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् ।

यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:May 17, 2022