गोकर्णेश्वर-५ मा नेपाली कांग्रेसको प्यानलै विजयी

  Sampatti News

May 17, 2022

काठमाडौँ– गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

सुवेदीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएका थिए ।सुवेदी स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति:May 17, 2022