विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

  Sampatti News

May 18, 2022

काठमाडौं – विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

उहाँको प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति:May 18, 2022