काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा १० हजार ६ सय ९१ मतले अगाडि

  Sampatti News

May 19, 2022

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले केही समय अघि प्राप्त २१ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गर्नुभएको छ । हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

प्रकाशित मिति:May 19, 2022