हेटौंडा उपमहानगरपालिका अपडेट : मीना अनन्‍त प्रसाद पौडेलभन्दा ९७२ मतले अगाडि

  Sampatti News

May 19, 2022

काठमाडौं -मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मेयरको तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार मीना कुमारी लामाले १५ हजार ५१२ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अनन्‍त प्रसाद पौडेलले १४ हजार ५४० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बहादुर सिंहले १३ हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखका उम्मेदवार राजेश बानियाले २० हजार ६०६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुमित्रा काफ्‍लेले १५ हजार २६० मत प्राप्त गर्नुभएको छ । बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

प्रकाशित मिति:May 19, 2022