सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारकै अग्रता

  Sampatti News

May 19, 2022

काठमाडौं – सर्लाही कविलासी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले चार हजार ४९४ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।

जनता समाजवादी पार्टी, नेपालका रामनरेश रायले ३ हजार १५४ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल किशोर यादवले एक हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखका उम्मेदवार पुनम कर्णले चार हजार ३३८ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने जनता समाजवादी पार्टी, नेपालका राधा देवीले ३ हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)पार्टीका मिनाकुमारी देवीले दुई हजार ७६ मत प्राप्त गर्नुभएको छ । बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

प्रकाशित मिति:May 19, 2022