May 20, 2022
काठमाडौं – सिरहाको सिरहा नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार नवीनकुमार यादव ११ हजार १४३ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार उपेन्द्रकुमार यादवलाई २ हजार ४११ मतान्तरले पराजित गरेका हुन् ।
पराजित नेपाली कांग्रेस उम्मेदवार उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार बबिताकुमारी शाह १० हजार १२६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सरिताकुमारी यादवले ८ हजार ५७७ मत ल्याएकी छन् ।
सिराहा नगरपालिकामा कूल जनसंख्या ९६ हजार ५४३ रहेको छ भने कुल मतदाता संख्या ५४ हजार ३१९ रहेको छ । जसमा २८ हजार ९५७ पुरुष र २५ हजार ३६२ महिला रहेका छन् । यस नगरपालिकामा २२ वडा छन् ।
प्रकाशित मिति:May 20, 2022
November 23, 2024