काठमाडौँका मेयर बालेन साह र सुनिता डङ्गोल सिसडोलमा

  Sampatti News

June 3, 2022

काठमाडौँ – काठमाडौँका मेयर बालेन साह र र सुनिता डङ्गोल सिसडोल पुगेका पुगेका छन् । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।

शाहले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको जनाए ।
कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौँका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

मेयर साहले स्थानीयलाई ३ महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

मेयर साह र उपमेयर सुनिता डङ्गोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरूले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।

प्रकाशित मिति:June 3, 2022