निर्वाचन आयोगले माग्यो सार्वजनिक भवन

  Sampatti News Online

November 14, 2022

काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना माग गरेको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै मतदान स्थल र केन्द्र तोकिएका र्साजनिक भवन २ मंसिरदेखि ४ मंसिरसम्मका लागि उपलब्ध गराउन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आइतबार मात्र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल र केन्द्र तोकिएको सार्वजनिक भवन आयोगलाई उपलब्ध गराउन भनेको छ ।

प्रकाशित मिति:November 14, 2022