राजस्व छली गर्ने दुई फर्म विरुद्ध मुद्दा दायर

  Sampatti News Online

November 14, 2022

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विल जारी गरि राजस्व छली गर्ने दुई फर्म विरुद्ध मुद्दा दायर गरेको छ । विभागले कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र बारामा रहेको युनिक ट्रेडर्स विरुद्ध विगो सहित ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ राजस्व छली गरेको आरोपमा पाटन उच्च अदालमा मुद्दा दायर गरेको हो । विभागले २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व छली गरेको आरोप लगाएको छ । 

त्यस्तै, सर्लाही स्थायी ठेगाना भई का।जि। का।म।न।पा वडा नं १४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपराइटर प्रविण कुमार महतोले रहेका छन् । बारा जिल्ला , दहियार गाविस वडा नं २ ठेगाना भएको युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजको प्रोपराइटर आत्मराम पासवानले नक्कली विल बनाएर राजस्व छली गरेका विभागले आरोप लगाएको छ । मुल्य अभिवृद्ध कर तर्फ पाँच करोड ४१ लाख ५९ हजार २९  र आयकर तर्फ सात करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:November 14, 2022