नबिल बैंकको कोहलपुर शाखामा आगलागी

  Sampatti News Online

November 16, 2022

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । घरको दोस्रो तलामा आगलागी भएको हो ।

आज (बुधवार) बिहान ५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

साझा चोकमा रहेको बैंकको शाखामा रहेका इलेक्ट्रोनिक सामग्री र कागजात जलेका छन् । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी घर्तीमगरले जानकारी दिए ।

प्रकाशित मिति:November 16, 2022