सामाजिक सञ्जालमा पोष्ट भएका प्रचार सामाग्री हटाउन आयोगको निर्देशन

  Sampatti News Online

November 17, 2022

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको हो ।

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

उनले उम्मेदवार तथा राजनीतिक दलहरूले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताए।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित मिति:November 17, 2022