नेताको प्रेस सल्लाहकार बन्ने प्रतिस्पर्धाले पत्रकारले गर्नुपर्ने ‘वाच एण्ड डग’को काममा भुत्तेपना

  Sampatti News Online

November 17, 2022

पर्सा : स्थानीय तह र विभिन्न नेताको प्रेस सल्लाहकार बन्ने प्रतिस्पर्धाले पत्रकारले गर्नुपर्ने ‘वाच एण्ड डग’को काममा भुत्तेपना आएको प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बताएका छन्।

पर्साबाट प्रकाशित पर्दाफास दैनिकको नवौं वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समते रहेका चौलागाईंले यस्तो बताएका हुन्।

सिंहदरबारको अधिकार गाउँ(गाउँमा आइसकेको अवस्थामा पत्रकारको भूमिका अझ बढी हुने हुँदा पत्रकारले जनताले प्रत्याभूत गर्ने गरी कलम चलाउने समय आएको उनले बताए। संचारमाध्यम सशक्त रुपमा अगाडी आउन नसके मुलुकमा सुशासन हुन नसक्ने भन्दै स्थानीय तहमा हुने विकृति रोक्न पनि मोफसलका पत्रकारहरुको जिम्मेवारी थप थपिएको उनको भनाइ छ।

पाठक तथा श्रोता पहिलेभन्दा अझ परिस्कृत हुँदै आएकोले पत्रकारहरुले पनि प्रकाशन, प्रशारण गर्ने शब्द चयनमा अझ सम्वेदनशिल हुनुपर्ने उनको तर्क छ। ुपत्रकारहरूलाई कानूनतः कुनै छुट हुन्नु उनले भने ुयो कुरालाई हृदयंगम गरी पत्रकारले अझ जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुको विकल्प छैन।ु

मुलुकको नयाँ संरचना निर्माण र कानून तथा नीति बन्ने कुराले संचार क्षेत्रलाई पनि अझ परिपक्क हुन दबाव भइरहेको समयमा संचार जगत आफ्नो आचार संहिताभित्र रहेर खरो उत्रन पर्ने काउन्सिलका सदस्य चौलागाईंको सुझाव छ।

पर्दाफास दैनिकका प्रबन्धक निर्देशक तथा प्रकाशक राघव साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज रामचन्द्र साह, संविधान सभाका सदस्य जयप्रकाश चौधरीलगायतले पनि पत्रकारहरूको भूमिका संवेदनशिल हुने हुँदा अझ सत्य र तथ्यपरक रूपमा कलम चलाउन पर्ने बताए।

प्रकाशित मिति:November 17, 2022