December 13, 2022
काठमाडौं । हकहितका निम्ति हामी निरन्तर लागिरहेका छौ । शब्द अत्यन्तै मिठो छ । व्यबहारमा ठिक उल्टो जो बर्गको हित वा कल्याण जे भनौं आज ब्यक्तिका निजि स्वार्थमा गएर ठोक्किदै जादा मुल पार्टी मक्किदै पनि गएको छ । सन्दर्भ विद्यार्थी संघसंगठनकाका लामा इतिहास हेर्दै जादा कतिपय नेताहरु यही जगमा स्थापित पनि भएका छ्न ।
आम जनताको छोराछोरीको निम्ति स्तरीय शिक्षा दिनु र शिक्षा सबैको पहुँचमा पुर्याउनु पर्नेमा मुल काम भन्दा निजि बिद्यालय र सरकारी बिद्यालय बीचको गुणस्तरका कारण आज हुने खानेको एउटा शिक्षा र हुदा खानेको अर्को शिक्षा आमरुपमै ग्रहण गर्नुपरेको छ । बिद्यार्थीका हकहितका नाममा लाग्ने अधिकास नेताहरु गाउँ बस्तीमा जन्मिएका छन्। कतिपय त अनकन्टार पहाडी क्षेत्रमा जन्मेकाले यिनिहरुले साच्चै दुख बुझेका छ्न भन्ने सोचाइ जति पछि भो त्यति नै कथा जस्तो बन्न पुगेको छ।
चर्को शुल्कका बिषयमा कुरा उठाउछौ छात्रवृत्तिका बिषयमा कुरा उठाउछौ बैज्ञानिक शिक्षा लागुगराउन र शिक्षा क्षेत्रमा देखिएको बिकृतीलाई जरै देखि उन्मुलन गराउने मुल कर्म कतिपय बिद्यार्थी नेताहरुको चन्दा, हवाइजहाजको टिकट ,इन्धन, चाडपर्व खर्च, सवारी साधन खरिद, श्रीमती साली र नजिकैको साथीलाई जागीरमा दिने बिषय टुङ्गोमा पुग्नु जस्ता बिकृत बिषयले आम बिद्यार्थीहरुको राजनितीक संघसंगठन प्रतिको आकर्षक घटदै गएको छ।
नेताका निजि स्वार्थ पूरा नगरी साच्चै अभिभावकको हित वा बिद्यार्थीका पक्षमा काम गरे तालाबन्दी त तोडफोड नै हुने परम्पराको क्रमभङ्ग हुन नसक्दा शिक्षा क्षेत्रमा बिकृतिले जराे गाडेको छ। यो गडेको जरो उखाल्ने कतै बाट प्रयास भएका छैनन। बरु बिश्व बिद्यालय देखी प्राविधिक शिक्षाका सम्बन्धन दिने निकाय उनीहरुको निम्ति दुहुने गाइ नै हुने गरेकाले यो निकाय सुधर्न सकेको छैन।
त्यति मात्रै कहाँ हो र त्रिभुवन विश्वविद्यालयले वर्ष बित्दा समेत नतिजा निकाल्न नसक्ने पदाधिकारी को बारेमा बोल्न नसक्नु, वर्षमा पास गर्नु पर्ने कोर्स वर्षसम्म पुर्याउँदा पनि कुनैले जिम्मा लिन नपर्नु, हाम्रा विद्यार्थी नेताले बल्खु नै नदेखे जस्तो गर्नु । शिक्षाको गुणस्तर त छोडौं नियमित (Result) दिन नसक्ने पदाधिकारीको राजीनामा नमाग्नु आफैमा अत्यन्त आश्चर्य जनक छ।
जब संघसंगठनका माग बाहिर देखाएका भन्दा भित्रका अदृश्य मागहरु पुरा हुदैनन तब बिद्यार्थीनेताहरू बाहिरी माग देखाएर तोडफोड मै उत्रन्छन यस्ता देखाउने कुरा मुल रहस्य नै समस्याका रुपमा रहेकाले यो सन्दर्भ पार्टीले बुझेको छ छैन बिषय पेचिलो छ।
भर्खर प्राप्त नतिजालाई विश्लेषण गर्ने हो भने पनि मतदानमा सहभागिता जनाउन उत्साह नदेखीनु कम पोलिङ हुनु, पोलिङ भएको मत परिणाममा स्वतन्त्र र युवाहरुको नेतृत्व दाबीको स्वरहरु आम रुपमा उठनु तर संघसंगठनकाले नेतृत्व लिओस भन्ने कतै नसुनिनु लाई गम्भीर समिक्षाको बिषय पार्टीहरुले बनाउनुपर्ने पनि संघसंगठनकामा लाग्ने इमानदार नेताहरुको आवाज सुन्न सकिन्छ।
शैक्षिक क्षेत्र लामो समय देखि दुहुनो गाइ बनाउने नेताको निसानाको शिकार हुदै आएको छ। पछिल्लो पटकपटक सिटिभिटीले यसको मार खेपिरहेको छ।यो सस्था एकमात्र प्राबिधिक रुपले दक्ष जनशक्ति उत्पादन गराउने स्वयत्त निकाय हो।
यो निकायलाई बलियो बनाउन र आम बिदेशीले युवालाई रोकन र गएपनी रोजगारको दक्षतालाई सहजीकरण गराउने यो निकाय केहि निश्चित बिद्यार्थी नेताहरूको वार्गेनिग थलो बनेको छ।
यहीँबाट उपलब्ध हुने शिक्षाको गुणस्तर र सरकारी दिने थप सेवा सुबिधालाई कहिले ध्यान नदिने भर्नाको सिजनमा कलेजहरुमा चन्दा उठाउने छात्रवृत्ति पाउने बिद्यार्थीले छात्रवृत्ति नपाउदा चन्दाको रकमले मौन बस्ने कतै छात्रवृत्ति दिइहाले आफन्तलाई दिन दबाब दिने शैलि र उनीहरुको देखाएको ब्यातिगत स्वार्थ पुर्तीको मुल कारण सिटिभिटी भित्र चरम बेथिति मौलाएको छ यसको प्रमुख कारण नै बिद्यार्थी नेताहरुको ब्यतिगत माग पूरा गराउनु नै भएको यो निकाय नियाल्नेहरुको निस्कर्ष रहेको छ।
यस्तो दुर्दशा यो निकायले कहिले सम्म ब्यहोरी रहने एकातिर नेताहरूको दादागिरी अर्को तिर भ्रष्ट कर्मचारी र उनीहरुको दोहोरो चरित्र बाट थलिएको यो निकाय बचाउन इमानदार अभिभावक र संचार क्षेत्र को ध्यान जान जरुरी छ।
पछिल्लो पटक सिटिभिटिले करारमा कर्मचारी भर्ना माग गर्यो। सिटिभिटी प्रशासन जाच,साच्चै जाच जस्तै गराउने मुडमा लाग्यो।तर यो तयारी केहि विद्यार्थी नेतालाई मन परेन आफना परिवारका सदस्य देखी पैसा खाएर ल्याइएका उमेदवार मात्रै होइन कतिपयले श्रीमती देखी गल्फ्रेड सम्मलाई जाचमा पास गराउन दबाब मात्रै दिएनन नभए कार्यलय तोडफोड सम्म गर्न सक्ने धम्की दिन भ्याए।
तर जो भगवान भरोसा मेहनत मै भाग्य भेटिन्छ भनेर लागेकालाई सिटिभिटी राज्य कै एउटा निष्पक्ष जाच गराउने निकाय हो भन्ने अनुभुती दिलाउनुपर्छ भनेर लाग्ने समुह यसपटक पनि कम्जोर साबित भएको छ।सर्सती हेर्दा जाच निश्पक्ष भएको जस्तो देखिए पनि यसका भित्री रहस्यमा पुग्दा अनेकौं कोणबाट प्रश्न उठन सक्ला तर सत्तारूढ बिद्यार्थी संघसंगठनले प्रदेशका प्रमुखहरूलाई दिएका चर्को दबाबले केहि नेता कै स्वार्थ पुर्ती अनुसारको नतिजा सार्वजनिक भएसगै पासहुनेपात्र का नामले नै स्पष्ट पारेको देखिन्छ ।
कालिकोट देखि चितवन हुँदै झापा सम्मका परिक्षार्थिहरुको वकालत कस्कस्ले गर्यो प्रश्न सगै उत्तर पनि खोजिएको छ। परिक्षा अगाडि नै आफ्नो उमेदवार पास गराउन दबाब दिने केही नेताले यो परिक्षा हो यहाँ हजारौं समेल छ्न ।
न्यायको निम्ति मेरो बिद्यार्थी राजनीति जोडिनु पर्छ ।भाग्य र भबिष्यको निम्ति भगवान सम्झेर पुकार्नेहरुको सारथि बन्न सक्नुपर्नेमा यस्ता पढेरै भाग्य बनाउछु भन्ने कर्म वीरहरुको आत्मालाई चोटपुग्ने संबेदनसिल बिषय हो भन्ने सम्मको हेक्का नराख्ने पन्ध्र वर्ष सम्म सिटिभिटी भित्र कै भ्रस्टाचारको रकम बाट खोटिएको चन्दामै पालिएका एक कालिकोटे नेताले कालिकोटेलाइ नै दबाबमा पास गराएर फेरि श्रीमती समेतको जागिरको पक्का पक्कीको निम्ति कार्यलय भित्र प्रवेश गरि दबाब दिदै सबै बिद्यार्थी संघसंगठनका नामको आडमा तोडफोड मै उत्रन्छ्न भने के यिनलाई समान्य नागरिक सरह कार्वाहीको दायरामा ल्याउनुपर्ने हुदैन न र ?
कि यहाँ नि हकहित कै अनि बैज्ञानिक शिक्षा लागु गराउनका निम्ति भिडन्त नै आवश्यक भएर तोडफोड मै उत्रिएका हुन प्रश्न आम रूपमा उठेको छ।
काक्रो आफुले खाने बियाँ अरुको गालामा टासेर हिडने प्रवृत्तिबाट मुक्त हुनाका निम्ति पनि यसको जवाफ अरु बिद्यार्थी संगठन भित्र पनि खोज्नु पर्ने भएको छ।
ब्यक्तिगत स्वार्थ मिल्दा साझ बिहान एकैठाउ भनेकै जति नभएर केहि फरक परे तालाबन्दी र तोडफोड मै उत्रनु पर्ने सर्वसाधारणले यो भाषाको जवाफ समेत खोजेका छन।
अब यस्ता कम्बल ओडेर घिउ खान पल्केका राजनितीका मुल धमिराहरुलाइ पहिचान गरिगरी संचार माध्यम र सामाजिक सन्जालमा सार्वजनिक नगर्ने हो भने राजनिती पनि बदनाम अनि सरकारी सस्था पनि निरन्तर भ्रस्टाचारमा डुब्दै गएको बुझिसक्दा ढिलो भैसक्ने जानकारहरु बताउछन् । –जीपिसी बाट
प्रकाशित मिति:December 13, 2022
November 24, 2024