वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुखमा: केशब प्रसाद

  Sampatti News Online

December 20, 2022

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, ताहाचलको कार्यालयमा प्रमुखमा  केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो । 

कार्यालय प्रमुख सहसचिव सुशीला अर्यालले लामो समयदेखि जान नमानेपछि रिक्त कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि बिमलीलाई पठाइएको हो । 

पछिल्लो समय निकै प्रभावकारी देखिएको अनलाइन प्रणालीलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउँदै लैजान पनि विमलीलाई जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ ।

प्रकाशित मिति:December 20, 2022