राष्ट्रपति हुने कुरा हल्ला मात्रै: माधव नेपाल

  Sampatti News Online

January 1, 2023

नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ।

शनिबारदेखि काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको जानकारी उपमहासचिव गंगालाल तुलाधरले दिएका छन्।

एकताको हल्ला एमालेकै केही नेताहरुले चलाएको पनि उनले बताए। ‘एकताको कुरा एमालेका केही साथीहरुले चलाएको हल्ला मात्रै हो’, उनले भने, ‘एकता हुन्छ भन्ने कुरामा दुवै पक्षबाट कुनै पहल भएको छैन। केही नेताको रहरले एकता हुने होइन। नेताहरुबीच भेटघाट भएको हो। तर एकतालाई लिएर कुनै कुरा भएको छैन।’

तुलाधरले एमाले उपाध्यक्ष विष्णु पौडेलहरु यो सरकार बन्नुअघि एकताका लागि सक्रिय भएको स्वीकारे। ‘उहाँहरुसँग एकताका लागि सक्रिय हुनु भएको थियो। तर विष्णु पौडेलजी मन्त्री भइसकेपछि त्यस विषयमा सक्रिय हुनुहुन्न’, तुलाधरले भने, ‘अहिलेकै अवस्थामा हामी कसैसँग एकता हुने विश्वासमा छैनौँ। हामी अहिले पार्टी पुन:निर्माण अभियान छौँ। हाम्रो जोडबल पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो।’

नेकपा माओवादी केन्द्रसँग एकता लागि गत भदौमै संयोजन समिति बनाउने निर्णय गरिए पनि त्यसले खासै गति नलिएको उनले बताए।

‘हामीले एक पटक एकताको पहल गरेको पनि हो। तर माओवादीबाट खासै गम्भीर कुरा आएन’, उनले भने, ‘अहिले हाम्रो लक्ष्य कुनै पद प्राप्तिभन्दा पार्टी बलियो बनाउने हो। हामी तत्कालै एकताको पक्षमा छैनौँ।

प्रकाशित मिति:January 1, 2023