राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले का अध्यक्ष ओलीबीच भेटवार्ता

  Sampatti News Online

January 4, 2023

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रपतिका लागि पार्टीभित्र लबिङ तीव्र भइरहेका बेलामा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति:January 4, 2023