काला बजारी गर्नेलाई पाता फर्काउँछाै भन्दै गर्जिए काठमाडौं सिडियाे दाहाल

  Sampatti News

June 25, 2020

काठमाडौ । काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले लकडाउनकाे समयमा काला बजारी गर्नेहरुप्रति अाक्राेस कडा अापत्ति जनाउनु भएकाे छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले तराई विकास तथा सञ्चार केन्द्रको हलमा आज आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दाहालले लकडाउनमा काला बजारी गर्ने तथा सवारी पासको दुरुपयोग गर्ने गरेको पाइएमा त्यस्ता बद्मासहरुलाई पाता फर्काउने कार्य समेत गरिरहेका बताउनुभएकाे हाे ।

राजधानीलाई सुशासनयुक्त र अपराधमुक्त बनाई रामराज्य बनाउने अभियानका साथ आफूँहरु खटिइरहेको जानकारी गराउनुभयो ।
पछिल्लो समय विश्वसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) का कारण संकटमा रहेकाले आफूँहरुमा लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने र सर्वसाधारणको जनजीवनलाई समेत सहजीकरण गर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेकाले आफूँहरु त्यसतर्फ केन्द्रित भई दिनरात खटिई सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।
कोरोना संक्रमण फैलिन नदिनका सरकारले लामो समय लकडाउन गरेको भएपनि पछिल्लो समय संसारको अभ्यासअनुसार सामाजिक दुरी मेन्टन गर्दा सबैभन्दा सुरक्षित रहन सकिने भन्दै उहाँले भन्नुभयो–‘सामाजिक दुरी कायम राख्नुहोस्, आफैँ सुरक्षित बन्नुहोस् ।’
उहाँले कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुकमा रहनुभएका नेपालीहरु उद्दार गर्ने कार्य जारी रहेको र नेपाल भित्रिइसकेकाहरुलाई होल्डिङ्ग सेन्टर र क्वारेन्टाइनमा राखिएको जानकारी गराउनुभयो ।
उहाँले लकडाउनको समयमा कुनै पनि अत्यावश्यक सामाग्रीहरुको व्यवस्थापन गर्न सफल भएको बताउँदै भन्नुभयो–‘लकडाउनमा आपूर्ति व्यवस्थापन सहज बनाउँदा उपभोक्तामा कुनै समस्या देखिएन यो हाम्रो सफलता हो ।’
प्रमुख जिल्ला अधिकारी दाहालले लकडाउनको समयमा कालाबजारी जस्ता घटना घट्न नपाएको दाबी गर्नुभयो । उहाँले लकडाउनको समयमा थर्मल गनको कालाबजारी गर्ने ठुला व्यापारी र ठुलो परिमाण अर्थात २० लाख अवैध माक्स बरामद गरेपछि झिना मसिना कालाबजारीहरुले कालाबजारी गर्ने हिम्मत नगरेको हुँदा कालाबजारीका घटना अत्यन्त कम भएको जानकारी गराउनुभयो ।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइने सवारी पासको समेत दुरुपयोग भइरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो–‘कालाबजारियाहरुले संकटमा नाफा कमाउन पल्केका कारण आफूहरुको संस्था पनि कहिलेकाँही विवादमा परेको भन्दै आफूँहरुको कमी कमजोरी भए त्यसलाई स्वच्छ ढँगले आलोचना गरिदिनुहोस् त्यसलाई हामी करेक्सन गछौँ ।’

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले लकडाउनको समयमा समय अफिस सञ्चालन र बजार अनुगमनको कार्यलाई जारी राखेको कारण लकडाउनमा कालाबजारीका घटनामा न्यून भएको दाबी गर्नुभयो । उहाँले लकडाउनको समयमा समेत २ सय २५ वटा फर्ममा र गत साउनदेखि यता अर्थात चालु आर्थिक वर्षमा १८२३ वटा फर्ममा अनुगमन गरेको बताउँदै विभाग उपभोक्ताको हित संरक्षणमा अहोरात्र खटिरहेको प्रष्ट पार्नुभयो ।
कोभिड १९ को कारण मुलुक संकटकालिन अवस्थामा रहेको मौका छोपेर कालाबजारी गर्नेहरुलाई तत्काल एक्सनमा गएर कारबाहीलाई अगाडि बढाए बताउनुहँदै लकडाउनमा मात्र १ करोड ३१ लाख रुपैँया जरिवाना गरि राजस्व संकलन गरेको बताउनुभयो । विभागले कालाबजारी गर्नेहरुलाई २ देखि ३ लाखका दरले जरिवाना गर्दा चालु आर्थिक वर्षमा मात्र ३ करोड ३४ लाख जरिवाना गरेवापत्को रकम संकलन भएको महानिर्देशक सुवेदीले जानकारी गराउनुभयो । त्यसैगरी विभागले शंकाको घेरामा रहेकाहरुलाई कागजातसहित अफिसमै बोलाएर सोधपुछ गर्ने, बजार निरीक्षणमा प्रतिनिधिहरुलाई तालिम दिने, विहान ८ बजेदेखि नै कार्यालय खोलेर सहजीकरण गर्ने, उपभोक्ता दुत नियुक्त गरी उपभोक्ताको हित प्रवद्र्धन गर्ने लगायतका कार्यहरु गर्दै विभाग सक्रिय रुपमा अगाडि बढेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उहाँले उपभोक्ता हित सुरक्षित गर्नका लागि स्थानीय सरकारहरु सक्रिय हुनुपर्ने जिकिर गर्दै स्थानीय तहले बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउन सके उपभोक्ताहरु बढी लाभान्वित हुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले उपभोक्ताको हित प्रवद्र्धनमा सरकारले दिएको म्यान्डेट अनुसार आफूँहरु सक्रिय भएको जानकारी गराउनुभयो । मुलुक कोरोना भाइरस (कोभिड १९) का कारण संकटमा रहँकै अवस्थामा सम्पूर्ण नागरिकहरुलाई सचेत बनाउने र उपभोक्ताहरुको सुरक्षालाई समेत ध्यानमा पु¥याउँदै आफूँहरु अगाडि बढेको जानकारी गराउनुभयो ।
राजधानीमा हाल १४ सय ४५ जना ट्राफिक प्रहरी रहेको र उनीहरु रात दिई खटिएर कोरोना भाइरससम्बन्धी सचेतनासँगै सडक सुरक्षामा जुटेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा ६७ हजार र पासको दुरुपयोग गर्ने ३४ हजार सवारी साधनलाई कारबाही गरेको बताउनुभयो ।
उपत्यका अपराध महाशाखाका प्रमुख दिपक थापाले अपराध नियन्त्रणका लागि सबैको सुझावबाट आफूँहरुले योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले लकडाउनमा नक्कली सेनिटाइजरलगायत कस्मेटिक सामानहरु बरामद गरेको जानकारी समेत गराउनुभयो ।
उहाँले पछिल्लो समय साइबर क्राइम बढेको प्रसङ्गमा बोल्दै भन्नुभयो–‘फेसबुक, इमो, ह्वाटसप लगायतका सामाजिक सञ्जालमा सुरक्षा व्यवस्थापन गर्न नसक्दा विभिन्न चरित्र हत्या देखि ठगी धन्दाहरु फस्टाइरहेको छ लकडाउनले झन् ठगीका घटनाहरु बढ्न सक्छ ।’ लकडाउनका कारण सबै क्षेत्रमा आर्थिक संकट आएकोले अब झन् ठगी, बाउन्स चेक, चोरी, लुटपाट, अपहरण र फिरौतीलगायतका घटनाहरु बढ्छ उहाँले भन्नुभयो ।
उपभोक्ताकर्मी तथा उपभोक्ता संघका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हामीमा भौतिक दुरी कायम नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न थालेको बताउनुभयो । लकडाउनको समयमा निलो नम्वर प्लेट भएको गाडीमा चढेर कालाबजारी गरेकाले उनीहरुलाई धरौटीमा रिहा गर्ने मात्र होइन कालाबजारी ऐन अनुसार कारबाही गर्नुपर्ने मा उहाँको जिकिर थियो । यतिबेला कालाबजारीहरुले टाउको उठाउन थालेका कारण लकडाउन खुकुलो भएपछि मूल्य आकाशिने निश्चित भएको भन्दै त्यसतर्फ सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले यतिबेला राष्ट्रसेवक कर्मचारीहरु असली राष्ट्रसेवक बन्न जरुरी भएको भन्दै प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण राष्ट्रसेवकहरुले यो संकटको बेला जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । लकडाउन खुकुलो भएपछि उपभोक्ताहरु झन् मारमा पर्नसक्ने तर्फ ध्यानाकर्षण गराउँदै सरकारका निकायहरुले अनुगमनलाई चलाएमान बनाउन सुझाव दिनुभयो ।
त्यसैगरी युवानेता पर्शुराम बस्नेतले छिटो काम लिनको लागि कानुन मिच्ने कार्य हामीबाटै भएकाले त्यसतर्फ सचेत हुन आम उपभोक्ताहरुलाई सुझाव दिनुभयो । उहाँले आफ्नो अधिकारको लागि आफैँ सचेत हुँदा प्रभावकारी हुने दाबी गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईंले लकडाउनको त्राससँगै बजार खुलेको बजारमा सर्वसाधारणहरु अस्वाभाविक मूल्यबृद्धिको मारमा पर्न सक्छन् यसतर्फ प्रशासनको ध्यानाकर्षण हुन जरुरी रहेको बताउँदै सुशासन कायम गराउन कार्यक्रममा उपस्थित सबै निकायहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति:June 25, 2020