सरकारले शिक्षामा व्यापार गरेको “पूर्वप्रधानन्यायाधीश कार्की “

  Sampatti News Online

February 17, 2023

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लागएकी छन्। शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । कार्कीले सरकारले शिक्षा,स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेकाले नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन् ।

सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै उनले आपत्ति जनाइन्। आर्यघाटमा पुर्‍याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाई छ।

कार्कीले भनिन्,‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ। डाक्टर बनाउने,इन्जिनियर बनाउने इच्छा राखेका छन्।बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ,घर जग्गा यी कुराहरु केही पनि होइनन्।’

उनले थपिन्,‘पढाइका अगाडि घर,जग्गा केही होइनन्। आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो। छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ। स्कलरसिप कसले पाउँछ,सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन।’

प्रकाशित मिति:February 17, 2023