नेपाल सरकारका सचिबको ब्यागेज दिल्लीमा फुटेसि तातेको पर्यटन मन्त्रालय

  Sampatti News Online

March 21, 2023

काठमाडौँ । तोकिएको जिम्मेवारीमा कसरी सेवा दिन्छ्न् अनि कतिसम्म गैरजिम्मेवार हुन्छ्न भन्ने यथार्थ नेपाल सरकारका सचिब गोकर्ण मणि दवाडीको ब्याग (luggage) दिल्ली पुग्दा फुटेको सन्दर्भले यतिबेला सबैको ध्यान केन्द्रित गराएको छ। यो सन्दर्भ सार्वजनिक भए सगै ब्यागेज फुटेको विषयमा छानबिन सुरु हुनेभएको छ ।

एउटा सचिबको ब्यागेज फुटेपछि मात्रै सबैको ध्यानाकर्षण हुने हो कि सर्वसाधारणले अहिलेसम्म भोग्दै आएका सास्तीका बारेमा पनि त्यो छानबिन समितिले छलफलको बिषय बनाउछ त्यसप्रति समेत सबैले चासोका साथ हेरेका छन।

नेपाल वायुसेवा निगमले सचिव दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु गर्न लाग्दा सर्वसाधारणले भोग्दै आएका समस्यालाई पनि त्यो समितिको ध्यान जन जरुरी छ भन्ने आवाज पनि त्यतिकै उठन थालेको छ ।

सोमबार सचिव दुवाडी काठमाडौँबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको ट्विटर मार्फत जानकारी गराए पछि सस्कृती पर्यटन ,नागरिक उडान मन्त्रालयको ध्यानाकर्षण भए सगै उक्त घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको बायुसेवा निगमले जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर सचिव दुवाडीले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्‍यो भन्दै ट्विट गरेपछि बायुसेवाको बास्तबिकता सेवा बाहिर आएको हो।

प्रकाशित मिति:March 21, 2023