राष्ट्रपति पौडेल र चीनका राजदूतबीच भेटवार्ता

  Sampatti News Online

March 22, 2023

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत सङबीच बुधवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेटेका हुन्। 

२५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेल भेटघाट तथा विभिन्न कार्यक्रमहरुमा व्यस्त छन्। 

प्रकाशित मिति:March 22, 2023