राष्ट्रपति पौडेल आज गोरखा जाँदै

  Sampatti News Online

March 26, 2023

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान लागेका हुन्।

नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम तय भएका छन्।

गोरखकाली मन्दिर दर्शनका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:March 26, 2023