नेपाल बिधुत प्राधिकरण मौलापुरको प्रमुखमा दिनेश यादव

  Sampatti News Online

April 4, 2023

लामाे समय देखि विवादको घेरामा रहेको रौतहटको नेपाल  बिधुत प्राधिकरण वितरण केन्द्र मौलापुरको प्रमुखको दिनेश यादवले जिम्मेवारी सम्भालेका छन् ।

मंगलबार आज एक कार्यक्रमका बिच प्राधिकरण मौलापुरको प्रमुखको रुपमा यादवले जिम्मेवारी संभालेका हुन। । तत्कालीन प्रमूख अरूण कुमार साहको सरुवा भएपछि उनको ठाउँमा  यादव आएका हुन् । 

 वितरण केन्द्र मौलापुरको चौथो प्रमुखको रूपमा आएका दिनेश यादवले  बिधुत चुहावट नियन्त्रण पहिलो प्राथमिकता राख्ने बताउँदै  ३९ प्रतिशत बिधुत चुहावट लाई न्युन गर्न अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन।

  विद्युत प्राधिकरण मौलापुर क्षेत्रमा कतै विद्युत चुवाहट अथवा सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएमा तत्काल खबर गर्न प्रमुख यादवले सम्पूर्ण ग्राहकवर्ग आग्रह गरेका छन।

प्रकाशित मिति:April 4, 2023