सुचनाको माग गर्दै रौतहट वृन्दावन नगरालिकामा १६औं दिनपनि रिले अन्सन जारी

  Sampatti News Online

April 4, 2023

राैतहट । राैतहट जिल्लाको  वृन्दावन नगरपालिकामा सुचनाको माग गर्दै मेयर प्रत्याशी तथा नेताहरु लगातार रिले अनशनमा बसेका छन। नेपाली कांग्रेस,एमाले, माओबादीका मेयर प्रत्याशी तथा वडा अध्यक्ष हरु, आज १६औं दिनपनि अन्सन जारी राखेका छन्।

वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै कांग्रेस मेयर प्रत्याशी रामस्नेही यादव, एमाले मेयर प्रत्याशी प्रेम शंकर यादव, माओबादी मेयर प्रत्याशी राम प्रसाद पटेल केही वडा अध्यक्ष सहित गत ६ गते देखी रीले अन्सन बसेका छन।

उनीहरूले वृन्दावन नगर प्रमुख विनाेद पटेल कुर्मिले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको दाबी सहित आन्दोलन मा उत्रेका छन । वृन्दावन मा   विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउदै नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम,नगर प्रमुख प्रत्यासि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव , रिले अनसन बसेका हुन । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष  श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित  वडा सदस्यहरु रिले अनसन बसि रहेका छन ।

अन्सनकारीहरुले  २०७९ चैत्र ४ गते संयुक्तरुपमा निवेदन दिई १७ वुन्दे सुचना माग गरेका थिए । सोही बमोजिमको सुचना नपाए सम्म आन्दोलन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए । वृन्दावन ले सुचना दिन अझै ढिल्ला सुस्ति गरे आमरण अनसन गर्ने आन्दोलन कारीहरुले चेतावनी  दिएका छन । 

तर वृन्दावन नगरपालिकामा मेयर विनोद पटेल पक्षले नगरपालिका बाट सेवा सुविधा न पाएकाले कैयौँ नेता कार्यर्ताहरु रिले अनशनको नाउँमा नगरवासीको कामना अवरोध गरेको टिप्पणी गरेका छन। 

यसैबीच वृन्दावन नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति निकालेर रिले अनसन अन्त गरि वार्तामा आउन तथा वार्ताको माध्यमबाट मात्र सूचना उपलब्ध हुने बताएको छ। तर नेपाली कांग्रेसका मेयर प्रत्याशी रामस्नेहि यादवले  निर्वाचित ४ वडा अध्यक्ष विभिन्न राजनीति दलतथा सम्पुर्ण  नगरबासीले सूचनाकोहक मार्फत  नगर प्रमुख  बिनोद प्रसाद कुर्मी सग विभिन्न शिर्षक मा खर्च गरिएको रकम को बैंक स्टेटमेन्ट सहित को कागजात हरु माग गर्दा भ्रष्टाचार को ढाकछोप गर्न  रिले अनसन कर्ता लाई सम्मान गर्नु को साटो उल्टै  सूचना द्र्‍रा गैरजिम्मेवार तथा धम्की पुर्ण भाषा को प्रयोग गरि रिले अनसन तोडेर आएमा मात्र वार्ता तथा सार्बजनिक सुनुवाइ गर्ने भनेर निकालेको सूचना को घोर भास्ना गर्द्छौ भनेका छन।  जब सम्म जिम्मेवार पुर्ण भएर सूचना को हक दिन्न नआए सम्म हाम्रो  रिले अनसन जारी रहने उनले अडान राखेका छन्।

प्रकाशित मिति:April 4, 2023