नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

April 4, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।

नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त नगरपालिकाका तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख, लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख, लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम, नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाएँ हुन र बिगो रकम जफत गर्न अख्तियारले दाबी गरेको छ ।

प्रकाशित मिति:April 4, 2023