April 5, 2023
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुङ्ग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषमा दायर भएका मुद्दाहरूमा विभिन्न मितिमा फैसला भएकामध्ये गैर कानुनी लाभ तथा हानी सम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रकाशित मिति:April 5, 2023
November 25, 2024