रविविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै

  Sampatti News Online

April 5, 2023

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेका छन् ।

लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता गरेको भन्दै चितवन-२ उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सन्तोष पौडेल, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिबबहादुर सुवेदी र राष्ट्रिय जनर्मोचाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर गिरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका थिए ।

उजुरी खारेजीसँगै रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

प्रकाशित मिति:April 5, 2023