बलात्कार गरेर शिक्षक फरार

  Sampatti News Online

April 5, 2023

तुलसीपुर । पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको छ ।

शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।

प्रकाशित मिति:April 5, 2023