कारुनिया गाउँमा आगलागी ३० लाख भन्दाबढीको क्षति

  Sampatti News Online

April 7, 2023

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनिया गाउँमा गएराति एकाघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीवार साँझ एक्कासी करुनीया गाउँका मुन्ना मियाँको घरमा आगलागी भएको थियो।

आगलागी बाट घरमा रहेको नगद,लताकापडा फर्नीचर,धान, गहूँ, मुसुरो,फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षती भएको पीडितले जनाएको छ। 

स्थानीय र प्रहरी मिलर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धरमेन्द्र पटेलले बताएका छन।आगलागीको कारण खुल्न नसकेको भएपनि लाखाखुटे धपाउन बालिएको घुर बाट सल्केर भएकोे हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति:April 7, 2023