बाराका पत्रकारलाई प्रभावमा पार्न आचासंहिताको धज्जी उडाउँदै आम सञ्चार प्राधिकरण

  Sampatti News Online

April 7, 2023

 राैतहट चैत्र २४ गते । बाराका पत्रकार लाई प्रभावमा पार्न मधेश प्रदेश आम सञ्चार प्राधिकरणले निर्वाचन आचरसंहिताको पालना नगरेको आरोप लागेको छ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि आचासंहिता लागु भैसकेको अवस्थामा प्राधिकरणले बारा लगायतका जिल्लाका पत्रकारलाई प्रभावमा पार्न खोजेको आरोप लागेको हो। नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झा खुलेरै प्राधिकरणको विरोधमा लागेको देखिएको छ।

सभापती झा ले आफ्नो आधिकारिक फेसबुक आईडीमा लेखेका छन चुनावमा हाती , हात्तीको बलले, कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका  आम सञ्चार प्राधिकरण जनकपुरधामसंग खुब मेल खान गएकोछ ।

गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सकनु भएका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेको उनको आरोप छ। मधेस प्रदेश सरकारको  सताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो ।

सो किसिमको कुनै पनि कार्यक्रम राैतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई  प्रभावमा पार्ने काम गरेको सहजै बझन सकिन्छ  । 

सभापती झा ले दलिय चिन्तन तथा नेताकाे भजन मन्डलिकाे बारम्बार आरोप खेपि रहेकाे भन्दै मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन राैतहटका पत्रकारहरुले सम्बन्धित पक्षसंग अनुराेध गरेका छन । काेभिड१९ मा मधेस प्रदेश भरीमा राैतहटका दुई जना पत्रकार मनोज चाैधरी र रामा देवी यादवको मृत्यु हुदा आम सञ्चार प्राधिकरण  तथा मधेश सरकारले चरम वेवास्ता गरेको उनको भनाई छ। 

नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पिडित पक्षले स्वयं पटक पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले    निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता विभेदकारी सुचना प्रकाशन गरेका छन उनले प्रश्न गरेका छन।  राैतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खाेज्दै छन । विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवायअरु के भन्न सकिन्छ ।

आम सञ्चार प्राधिकरण स्थापना काल देखि राैतहटका पत्रकारसंग बारम्बार साैतेला व्यवहार गरेको धेरै उदाहरण छन । ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौ उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार  नेता जस्तै तपाईहरुको सतारोहन तलब ,भता  तथा सुखशयल कै लागि भएको हो ।

यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झा ले दाबी गरेका छन ।

प्रकाशित मिति:April 7, 2023