सुत्केरीको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव

  Sampatti News Online

April 10, 2023

धनगढी  कैलालीको मालाखेती अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका छन्।

आज बिहान गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पतालमा सोही नगरपालिका वडा नम्बर २ अत्तरिया बस्दै आएकी २८ वर्षिया लक्ष्मी भट्टराईको मृत्यु भएको थियो। परिवारका सदस्यले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल घेराउ गरेका हुन्। 

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताए। उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र बिहान अचानक समस्या देखिएपछि बिरामीको मृत्यु भएको जानकारी दिए।

प्रकाशित मिति:April 10, 2023