राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

  Sampatti News Online

April 10, 2023

काठमाडौं । राष्ट्रिय सभाले (आज) सोमबार दुईवटा विधेयक पारित गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकले   भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो । 


सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ ।

प्रकाशित मिति:April 10, 2023