एमाले नेता खरेलसहित १० जनाले गरे पार्टी परित्यागको घोषणा

  Sampatti News Online

April 10, 2023

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन् । सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन् ।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल, कल्पना पोखरेललगायत एकै पटक १० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।

प्रकाशित मिति:April 10, 2023