तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने

  Sampatti News Online

April 11, 2023

काठमाडौँ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्नको लागि एक साताका लागि बन्द गरिने भएको छ ।

पूर्ण रूपमा खुलाउने तयारीका लागि आजदेखि वैशाख २ गतेसम्म बन्द हुने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले भन्यो, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको छ ।

प्रकाशित मिति:April 11, 2023