सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

  Sampatti News Online

April 13, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन्।

सिंहदरवारले सहयोग नगरेको भन्दै मेयर साहले सिंहदरवार परिसरको फोहोर उठाउन बन्द गरेका थिए । त्यसपछि सोही विषयलाई लिएर पछिल्लो समय धेरै टीकाटिप्पणी समेत भएका छन् ।

सर्वसाधारण जति सबै मेयर साहको पक्षमा छन् । भने जनप्रतिनिधिहरूले उनको आलोचना गरिरहेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, संस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भनेका छन् ।

यही बिचमा मेयर साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोख्दै लेखेका छन, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरवार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन।

प्रकाशित मिति:April 13, 2023