मधेसमा आज जुडशितल मनाइँदै

  Sampatti News Online

April 15, 2023

तराई–मधेसमा आज जुडशित पर्व मनाइँदै छ। नयाँ वर्षको दोस्रो दिन बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेष्ठ व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाईने चलन छ।

यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ। 

यसैदिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ। यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने जनविश्वास रहेको छ।

जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ। तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ।

प्रकाशित मिति:April 15, 2023