शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार बारे चासो

  Sampatti News Online

April 16, 2023

रौतहट । रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार गरुडा बाजार स्थीत माध्यामिक विद्यालयको प्रांगणमा एक समारोहका बीच सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

  कार्यक्रममा गरुडा नगरपालिकाको भवन निर्माण,देखि,शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माण बारे सहभागीहरुले चासो राखेका थिए। गरुडा ५ स्थित अधुरो, विद्यालय भवन, नगरेको सबै ९वटै वडामा सामुदायिक भवनको योजना,र पूर्व नगरप्रमुख ईन्दु यादवको कार्यकालमा ट्युवेल जडानको विनियोजित बजेट बारे,नगरभित्र निशुल्क वाईफाईसेवामा देखिएकाे समस्या, एम्बुलेन्स, बारुण यन्त्रको खरीद, जथाभावी तेलको खर्च बारे ,। नगरालिकाका बाट कस्तो सुचना दिन मिलने कस्ताे सुचना दिन नमिल्ने समेत जिज्ञासा उठेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमूख अतिथि तथा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले नगरपालिका गाउँ पालिका आफैमा स्थानिय सरकार रहेकाले नगरका सम्पूर्ण जनताकाे आवश्यकता तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्नुपर्ने बताएका थिए। पछिल्लाे समय गरुडा नगरपालिकामा देखिएको विवाद प्रति लक्षीत गर्दै निर्वाचित जनप्रतिनिधि झैझगडामा अड्किनु भन्दा विकाश निर्माण लाई प्राथमिकता दिएर नियम कानुनले मिल्नेगरी माग हुन आएमा नगरपालिकाले  सुचना दिनलाईघटस्थापना कन्जुस्याई गर्न नहुने सुझाव दिएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफमा गरुडा नगरपालिकामा मेयर कन्थमनी जैसवालले नगरपालिकाको भवन निर्माणका लागि डिपीआर भएर प्रक्रियाहरू अगाडि बढिसकको बताउँदै आउँदो साउन महिनामा सिलान्यास हुने स्पष्ट पारेका थिए। त्यसैगरी गरुडा नगर भित्र शिक्षा र स्वास्थ्यको अवस्था बिगतको तुलनामा निकै राम्रो रहेकाे दाबिगर्दै गरे। उनले आफू निर्वाचन भएपछी नगरको सम्पूर्ण विद्यालय, तथा स्वास्थ संस्था को आवश्यकता बारे जानकारी आएको छ आउँदो आर्थिक वर्षदेखि

  शिक्षा र स्वास्थ्यसेवामा आमूल परिवर्तन हुने सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर जैसवालले प्रतिबद्धता जनाएका थिए। नगरको प्रत्येक वडामा निसुल्क वाईफाई भएपनि केही स्थानमा देखिएकाे कमीलाई केहीदिन भित्रै पुरा गराउने बाचा गरेका थिए। आगामी १५ दिनभित्र ५ हजार लिटर पानी अटाउने क्षमता भएकाे बारुण यन्त्र खरिद गर्ने बताउँदै अगामी आर्थीकवर्षभित्र थप एमाबुलेन्स खरीद हुनलागेको मेयर जैसवालले जानकारी दिएका छन। नगरालिकामा भित्रका जनताको लागि निशुल्क एम्बुलेन्स सेवा गरुडा नगरपालिकाले दिंदै आएको बताउँदै एमनुलेन्स सेवामा चालकको लापरवाही तथा कमीकमजोरी देखिएमा सीधा आफूलाई फोनगर्न मेयर कन्थमनी जैसवालले सार्वजनिक सुनुवाई कार्यक्रममा आग्रह गरेका थिए। नगरालिकाकाका यस अघिका प्रमुख प्रशासकीय अधिकृतको लापरवाहिले जथाभावी तेल वितरण भरको स्वीकार्दै अब त्यो अवस्था नरहेकाले बताएका थिए। गरुडा ५ स्थित दूर्गा माविमा भएको अधुरो निर्माण,गरुडाका ९वटै वडामा सामुदायिक भवन निर्माणको योजना तथा  ट्युवेल जडानको ८० लाखको योजना पूर्व मेयर ईन्दु यादवको कार्यकालमा रहेकाले सो सम्बन्धमा कर्मचारीहरु संग जानकारी लिएर आउँदो कार्यक्रममा सार्वजनिक गर्ने मेयर जैसवालले जानकारी दिएका थिए। उक्त अवसरमा गरुडा नगरपालिकाका वडा अध्यक्षहरुले आफ्नो वडाको अवस्था तथा आवश्यकता बारे जानकारी दिएका थिए। त्यस्तै कैयौँ वक्ताले गरुडा नगरपालिकामा पहिलो पटक सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी भएर आफ्नो जिज्ञासा राख्दा खुसी महसुस भएको बताउँदै अघिललो मेयर ईन्दु यादवको कार्यकालमा कहिल्यै सार्वजनिक सुनुवाई कार्यक्रम हुननसकेको बताएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादव, मेयर कन्थमनी जैसवाल, तत्कालीन समाजवादीका मेयर प्रत्याशी शेख कलिमुल्लाह, सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष रामजी साह, माबि गरुडाका प्राचार्य प्रभु पटेल, डिएसपी छेदीलाल कामती, उद्योग वाणीज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र साह, सम्पूर्ण वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु, नागरीक समाज, ब्यापारी, तथा गरुडा नगरपालिकाका सैयौ मानिसको सहभागीता रहेको थियो। 

प्रकाशित मिति:April 16, 2023