समाजबादी युवा संघको ध्यान पशुपतिमा

  Sampatti News Online

April 18, 2023

काठमाडौ‌ । आराध्यदेव श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगाएतका उद्देश्य कार्यान्वयन गर्नको लागि पशुपति क्षेत्र विकास कोषको गठन भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिब लाई समाजवादी निकट युवा सघले ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा भनिएको छ ,मातहतमा रहने गरि पशुपति क्षेत्र भित्र रहेको विद्युतिय शव दाह गृह संचालनमा रहेकोमा विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिना भन्दा लामो समय देखि पूर्णरुपमा संचालन हुन सकेका छैनन ।

विद्युतिय मेसिनबाट अन्तिम मृत्यु संस्कार गर्न चाहने मृतकका परिवाहरुलाई विद्युतिय शव दाह मेसिनबाट मृत्यु संस्कार गर्न समस्या परिरहेको छ ।
तसर्थः उक्त विद्युतिय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरु अविलम्ब मर्मत गरि संचालन गर्न युवा संघ नेपाल पशुपति क्षेत्र विकास कोषको गम्भिर ध्यानाकर्षण गराएको छ।

युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी शासन लगाएतका विषयमा निरन्तर सरोकार राख्दै आफ्नो अभियान लाई निरन्तरता अध्यक्ष फुर्वा लामाले सम्पत्ति न्यूजलाइ जानकारी गराए । टोलिको नेतृत्व केन्द्रिय उपाध्यक्ष नितेष पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति:April 18, 2023