सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते

  Sampatti News Online

April 19, 2023

सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

मंगलबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलनचोकस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुको युनिभर्सल अस्पताल कल्याणपुर र एडभान्स अस्पताल कल्याणपुरमा भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता सिंहले जानकारी दिए।

प्रकाशित मिति:April 19, 2023